यसकारण पूर्वराजा ज्ञानेन्द्रको निम्तो प्रचण्ड, देउवा र ओलीद्धारा अस्विकार शाह खिन्न !

prez-and-former-king-shah-1024x568काठमाडौं, २५ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति विद्यादेवी भण्डारीले सँगै लन्च गरेको खबरले मिडियामा निकै चर्चा भयो।

पूर्वराजा शाहको नाती हृदयेन्द्रको ब्रतबन्धको अवसरमा आयोजना गरेको दिवा भोजमा सरिक हुन राष्ट्रपति विद्यादेवि भण्डारी होटल सोल्टीमा पुगेकी थिईन। भोजमा सरिक हुन पुगेका पत्रकार ऋषि धमलाका अनुसार पूर्वराजा शाह र राष्ट्रपति भण्डारीवीच करिब डेढ घण्टा भलाकुसारी समेत भएको थियो ।

पूर्वराजाले भोजको लागि प्रमुख दलका शीर्ष नेताहरुदेखि, नेपाल सरकारका मुख्य सचिवसमेतलाई निम्तो दिएका थिए । तर, भोजमा निम्तो दिए अनुसार शीर्ष नेताहरु कोही पनि उपस्थित् भएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोही पनि भोजमा आएनन् । पूर्वराजा शाहले सबै शीर्ष नेताहरु आउने विश्वास लिएका थिए । तर उनको उक्त विश्वास लामो समय टिकेन् ।

रमाईलो त के भने रु पूर्वराजा राष्ट्रपति भण्डारीकी छोरीको विवाहमा सरिक भएकोले आज त्यही पैंचो तिर्नपनि राष्ट्रपति भण्डारी आजको भोजमा गएको हुन सक्ने धेरैले अड्कल काटेका छन् । पूर्वराजा गणतन्त्र स्थापना भएको १० वर्ष बितिसकेको छ । यो वीचमा उनले दलका नेताहरुसँग सम्बन्ध सूमधुर बनाउन धेरै कोशिश गरिरहेका छन् । उनले दलका नेताहरुलाई पहिलो पटक सामाजिक कार्यमा निम्तो दिएर आफू दलहरुसँग नजिक रहेको देखाउने प्रयत्न गरेका हुन् । तर उनको उक्त झुकावलाई भने दलका शीर्ष नेतृत्वले भने प्रायः बेवास्ता नै गरेको छ ।

बिहीबारको लन्च आवरमा पूर्वराजा शाहले राष्ट्रपति भण्डारीलाई चुनाव हुन्छ त भनेर प्रश्न गरेका थिए भने राष्ट्रपति भण्डारीले ‘हुन्छ होला’ भन्दै मुस्कुराउँदै जवाफ दिएको धमलाले जनाए । हृदयेन्द्रको ब्रतबन्ध केही दिन अघि सम्पन्न भएको थियो । ब्रतबन्ध पछि पाहुनाहरुका लागि भोज चाहिँ आज आयोजना गरिएको छ । साभार रिपोटर्सक्लब नेपाल बाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी