यसकारण चुनावअघि सानो मन्त्रिमण्डल

काठमाडौं, जेठ २५–

प्रसंग १

प्रधानमन्त्री शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बुधबार कांग्रेसका मन्त्री छान्न बैठक बसिरहँदा नेता रामचन्द्र पौडेल पक्षको छुट्टै बैठक बस्यो । पौडेल समूहको उक्त बैठकमा देउवाले मन्त्री चयनमा आफूहरुसँग कुनै छलफल नगरेको भन्दै सपथ ग्रहण समारोहसमेत बहिस्कार गर्ने निर्णय गर्यो । भलै, अन्तिम समयमा देउवाले पार्टीका सबै पक्षलाई समेटेर आफूले मन्त्रीको चयन गर्ने आश्वासन दिएसँगै पौडेल समूहपनि सपथग्रहण समारोहमा सहभागि भयो ।

प्रसंग २

प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको मन्त्री चयनका लागि बुधबारै बैठक त बस्यो । तर लामो रस्साकस्सीपछि तीन जनाको नाम टुंगो लगाइयो । बैठकमा आकांक्षीहरु धेरै भएपछि प्रधानमन्त्री प्रचण्डले अनुभव र कार्यदक्षताको आधारमा भन्दै जनार्दन शर्मा, कृष्णबहादुर महरा र प्रभू शाहलाई मन्त्री बनाउने निर्णय गरे । यद्यपी माओवादीले मन्त्री चयन गरेपनि पार्टीभित्र अन्तरविरोध देखिएको छ । नेता नारायणकाजी श्रेष्ठ प्रकाशले त सामाजिक सञ्जालमार्फ पार्टीभित्र निष्ठाको राजनीति हराएको संकेतसहित कडा प्रतिक्रिया दिइसकेका छन् ।

उल्लेखित दुई प्रसंगले शेरबहादुर देउवा नेतृत्वमा मन्त्रिमण्डल गठन हुँदै गर्दा कांग्रेस र माओवादी केन्द्रलाई मन्त्री चयनमा सकस परेको देखिन्छ । यी पार्टीहरुबीचको आन्तरिक समस्याकै कारण बिहिबार सानो आकारको मन्त्रिण्डल गठन भएको बताइएको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएसँगै आफ्नो पार्टीबाट तीन, माओवादी केन्द्रबाट ३ र फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारलाई लिएर ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । कांग्रेस माओवादी केन्द्रबीच कांग्रेसले ११ र माओवादीले ९ मन्त्रालय सम्हाल्ने तथा बाँकी मन्त्रालय साना पार्टीले सम्हाल्ने गरी समझदारी भएको बताइए पनि दोस्रो चरणको मन्त्रिमण्डल विस्तारमा ढिलाई हुने देखिएको नेताहरुले बताएका छन् ।

कांग्रेस नेता मीन विश्वकर्माले चुनावको मुखमा मन्त्रिमण्डल विस्तार गर्ने चुनौति रहेको बताउँदै सबैलाई मिलाएर अघि बढ्ने प्रयासमा प्रधानमन्त्री रहेको बताए । यद्यपि उनले चुनावको मुखमा थोरै नेतालाई मन्त्री बनाइने र पूर्णता भने चुनावपछि दिइने बताए ।

चुनावी फ्याक्टर

सरकारले आगामी असार १४ गतेको लागि प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणको निर्वाचनको मिति तोकेको छ ।

चुनावको मुखमा मन्त्रीको लफडामा लागिए चुनावी परिणामै असर पुग्ने सम्मको खतरा हुन सक्ने भएकाले अहिले कांग्रेस र माओवादी केन्द्र दुबै मन्त्री चयनमा निकै सावधानीपूर्वक लागिपरेको नेताहरुले बताएका छन् ।

चुनावको मुखमा मन्त्री चयन गर्दा निकै सावधानी अपनाउनु पर्ने हुन्छ, पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै भएकाले सीमित मन्त्री चयन गरिँदा एकले अर्कालाई असहयोग गर्ने नीति लिने र सोहि नीति चुनावमा पनि प्रयोग भए पार्टीलाई ठूलै घाटा पुग्न सक्छ’, माओवादी केन्द्रका एक नेताले भने । ती नेताले पहिलो चरणमा कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाह बनाइएपनि दोस्रो चरणका मन्त्री चयनमा भने चुनावकै कारण ढिलाई हुन सक्ने बताए ।

यसो त कांग्रेसभित्र विभिन्न गुटउपगुटलाई समेत मिलाउनु पर्ने तथा अन्तरघातको इतिहाससमेत डरलाग्दो भएकाले मन्त्री चयनमा कांग्रेस थप चनाखो रहेको देउवा निकटका एक नेताले बताए । ती नेताले अहिले नै देखि बूढानिलकण्ठमा मन्त्रीको लबिङ गर्दै पुग्नेहरुको भीड बढेको भन्दै देउवाले चुनावअघि मन्त्री चयन नहुने जवाफ दिँदै फिर्ता पठाइदिने गरेको बताए ।


चुनावअघि मन्त्रीमण्डल विस्तार भएपनि निकै कम नेताहरुलाई मन्त्री बनाउने तयारीमा माओवादी र कांग्रेसकै नेतृत्व रहेको बताइन्छ । यसले चुनावी समीकरण मिलाउन सहज हुने उनीहरुको विश्वास छ । चुनाव पछि भने पार्टीभित्र विवादै भएपनि बढीसे बढी सहमतिको आधारमा मन्त्रिमण्डललाई पूर्णता दिने दिशामा देउवा लाग्ने बताइएको छ ।

चुनावको मुखमा मन्त्री बनाउँदा पार्टीमा आउन सक्ने विवादलाई ध्यानमा राखेर चुनावअघि मन्त्रीमण्डल कसरी विस्तार गर्दै जाने भन्ने विषयमा देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार साँझ छलफल समेत भएको स्रोतको भनाई छ। देउवा र प्रचण्डबीच लाजिम्पाटमा छलफल भएको थियो ।

राप्रपाको लफडा

कमल थापा नेतृत्वको राप्रपा देउवा नेतृत्वको सरकारमा जाने तयारीमा रहेको छ । तर, देउवाले राप्रपालाई उपप्रधानमन्त्री बाहेकको ४ मन्त्रालयमात्रै दिन सकिने जवाफ दिएका छन् । संसदको चौथो शक्ति भएपनि गच्छदारले उपप्रम पाउने तर आफ्नो पार्टीले किन नपाउने भन्दै राप्रपाले सम्मानजक हैसियतको माग गर्दै आएको छ । तर, राप्रपा स्रोतका अनुसार नेता पशुपति शमशेर राणाले कुनै पनि हालतमा सरकारमा जानुपर्ने भनि पार्टीभित्र आवाज उठाएकाले कमल थापा दबाबमा छन् । सोहि कारण उपप्रम पाए कमल थापानै पार्टीको नेतृत्व पाए सरकारमा जानेछन् भने नपाए आफूनिकट नेताको नेतृत्वमा सरकारमा पठाउनेछन् । अहिलेसम्म पनि राप्रपा उपप्रम पाइने आशामा बार्गेनिङमा रहेकाले सरकारमा जान ढिलाई भएको एक शीर्ष नेताले बताए । ती नेताका अनुसार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग उपप्रधानमन्त्रीसहित राप्रपा सरकारमा जाने विषयमा संवाद भएपनि ठोस सहमति नहुँदा ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी