म महाअभियोग प्रस्तावको पक्षमा छैन : पौडेल

ramchandraवैशाख २१, काठमाण्डाै । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा आफू नभएको उल्लेख गर्दै सुरक्षित व्यवस्थापनको बाटो लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। त्यस्तो बाटो महाअभियोग प्रस्ताव फिर्ता या अरू केही विकल्प हुन सक्ने भन्दै पौडेलले तत्काल निर्णय लिन सभापति देउवालाई ध्यानाकर्षण गराएको स्रोतले बतायो।

 चुनावको मुखमा महाअभियोग प्रस्ताव दर्ता गरेर पार्टीलाई क्षति पुर्‍याउने काम भएको भन्दै पौडेलले त्यसलाई नसच्याए पार्टीलाई अप्ठ्यारो पार्ने बताए।  महाअभियोग प्रस्ताव दर्ताको अघिल्लो दिन आफूसँग सामन्य परामर्श भए पनि दर्ता गर्ने बेलामा झुक्काइएको पौडेलले आफूनिकट नेतालाई बताउने गरेका छन्। ‘शनिबार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गर्नुपर्ने परिस्थिति आयो भनेर पार्टी सभापतिले मसँग सामान्य कुरा गर्नुभएको हो, मैले लोकले के भन्छ ? पार्टीलाई कति नोक्सानी पुग्छ ? त्यसलाई समेत ख्याल गरेर निर्णय लिनु होला भनेको हुँ,’ पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसो भन्नुको अर्थ मैले समर्थन गरेको कदापि होइन।

 

चुनावका बेला परेर मात्रै चुप बसेको हुँ।’ महाअभियोगको प्रस्तावमा कांग्रेस एकढिक्का रहेको भन्ने भनाइप्रति पनि पौडेलले असहमति जनाए। ‘सभापतिजीसँग सामान्य परामर्श भएको केहीछिनमै उहाँ (देउवा) ले टेलिफोन गरेर महाअभियोग प्रस्ताव नल्याइने भयो भनेर खबर गर्नुभयो, तर भोलिपल्ट एकाएक दर्ता गरियो,’ पौडेलको भनाइ थियो, ‘पार्टीभित्र पनि छलफल गरिएन। मसँग पनि नल्याइने भयो भनेर भन्ने अनि एकाएक दर्ता गर्ने ? यो कस्तो परिपार्टी हो ?’ कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा पार्टी एकढिक्का रहेको सन्देश सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी दिन खोजिएको थियो। पत्रकार सम्मेलनमा पौडेललाई समेत बोलाइएको भए पनि उनी गएनन्।

उनको साटो महामन्त्री शशांक कोइरालालाई पत्रकार सम्मेलनमा राखिएको थियो। महामन्त्री कोइरालाले महाअभियोग प्रस्ताव ‘नेता गणले’ ल्याएको भनेर अनभिज्ञता जनाउँदै घुमाउरो शैलीमा समर्थन गरेका थिए। यसबारे पौडेलले पार्टीभित्रको आन्तरिक कुराकानी भन्दै औपचारिक रूपमा बोल्न अस्वीकार गरे। ‘पार्टीभित्रको आन्तरिक छलफलमा मैले आफ्ना धारणा राखिसकेको छु,’ उनले भने, ‘सार्वजनिक रूपमा अहिल्यै ती विषयलाई बाहिर ल्याउन उचित ठानेको छैन।

’ महाअभियोग प्रस्तावमा पौडेलको समेत हस्ताक्षर छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्न प्रयोग गरिएको हस्ताक्षरलाई नै महाअभियोग प्रस्तावमा पनि प्रयोग गरिएको थियो। त्यतिबेला उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दुई कपी हस्ताक्षर संकलन गरेका थिए। एउटा तत्काल ओलीविरुद्ध अविश्वासको प्रस्तावमा प्रयोग भएको थियो भने अर्को हस्ताक्षर प्रमुख सचेतकलाई जिम्मा दिइएको थियो। अहिले त्यही हस्ताक्षरलाई महाअभियोग प्रस्तावमा दुरुप्रयोग गरिएको भन्दै कांग्रेसका कतिपय नेताहरूले पार्टी नेतृत्वको आलोचना गरेका छन्।अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी