काठमाडौं, २० चैत । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो ।
नेपालगन्जमा म्यादी प्रहरी छनोटका क्रममा दौड परीक्षा दिएका बाँके बैजापुर–१ का २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकप्रसाद राईका अनुसार, शनिबार दिउँसो लिइएको दौड परीक्षा पूरा गरेको केही समयमा थारुको मृत्यु भएको हो ।
दौड पूरा गरेपछि रिंगटा लागेर उनी ढलेका थिए । त्यसक्रममा मुखबाट फिँज आएपछि उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल पुर्याएको केही क्षणमै उनको मृत्यु भएको थियो ।
यसैगरी, म्यादी प्रहरीमा छनोटमा पर्न दौडने क्रममा बेहोस भएर ढलेका खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका २४ वर्षीय किशोरकुमार निरौलाको पनि शनिबार साँझ मृत्यु भएको छ । दिक्तेलस्थित हस्पिटलचोकबाट हल्छेढुंगासम्म दौडने क्रममा बीच बाटोमा ढलेका निरौलालाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पुर्याइएको थियो । राससका अनुसार अस्पतालमा उपचार हुँदाहुँदै करिब दुई घन्टापछि उनको मृत्यु भएको हो ।
यस्तै, विराटनगर–१६ का तुलसी राजवंशीको पनि दौडने क्रममा लडेर मृत्यु भएको प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले जनाकारी दिए । राजधानी दैनिकमा खबर छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।