४ असार, रुकुम । सरकारले निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै म्यादी प्रहरीलाई पनि प्रमाण पत्र दिएर विदाई गर्ने भएको छ ।
गृहमन्त्री जनार्दन शर्माले म्यादी प्रहरीले निर्वाचन सफल पार्न पुर्याएको योगदानको सरकारले उचित कदर गर्दै म्यादी प्रहरीलाई प्रमाणपत्र उपलब्ध गराउने जानकारी दिए ।
गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुकुम पुगेका गृहमन्त्री शर्माले तराईमा आन्दोलनरत दलहरुको सहमतिमै तेस्रो चरणको निर्वाचनको मिति तोकिएको बताए ।
सरकार र आन्दोलनरत दलहरु बिचको आपसी सहमतिमा नै आन्दोलनरत दलहरुलाई चुनाबमा समेट्न तेस्रो चरणको मिति तोकिएकाले सहमति पालना गर्न उनले आन्दोलनरत राजपालाई आग्रह गरे ।
‘सत्ता साझेदार दल र राजपाबीच भएको सहमति अनुसार नै निर्वाचन सार्ने निर्णय भएको हो, मन्त्री शर्माले भने ‘अहिले राजपा आफैले गरेको सहमति विपरित गएर आन्दोलन गरिरहेको छ, यो राम्रो कुरा होईन ।’
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।