म्याग्दी, मंसिर ८ : म्याग्दीमा वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरेर शुक्रबार बम विस्फोट भएको छ ।
बेनी नगरपालिका–२ तोराखेतमा नेकपा (एमाले)का प्रतिनिधिसभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट भएको हो ।
बेनपा–२ भकुन्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडीभन्दा करिब सात मिटर अगाडिको सडकमा विस्फोट भएको थापाले बताए । शुक्रबार पौने १ बजेतिर ठूलो आवाज आउने गरी विस्फोट भएपछि उम्मेदवारको टोलीले प्रहरीलाई जानकारी गराएका थिए ।
विस्फोटबाट कुनै क्षति भने भएको छैन् । विस्फोट भएको ठाउँको सडकमा खाडल परेको छ । विस्फोटको सूचना पाउनेवित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताए ।
सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरेर विस्फोट भएको थियो ।
चुनावविरोधी गतिविधि गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ताले विस्फोट गराएको सुरक्षा निकायले शंका घटनामा संलग्नको पहिचान हुन सकेको छैन् । रासस
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द