मौसम खबरः पश्चिम र मध्यका पहाडी भेगमा हिमपात हुने !

news_himpat_काठमाडौं, ६ माघ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल देशको पूर्वी भूभागमा सामान्य बदली रहेको र अन्य पहाडी भूभागमा आंशिक बदली रहेको विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका भूभागहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । महाशाखाले निकालेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखी मध्यम हिमपातको सम्भावना रहेको छ । सोमबार राति देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ । उच्च हिमाली भेगमा हल्का हिमपात हुने साथै तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो समेत रहने भएकोले चिसोबाट बच्न मौसमविद्ले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी