मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा विप्लव कफ्लले लेखेका छन् ।
‘मौरीको संरक्षण गर्ने हतियार खिल’ अर्थात ‘वि–भेनम’ संकलन सुरु गरेका छौँ,’ सञ्चालक प्रोफेसर डा. खेमराज न्यौपानेले भने, ‘खिल खाद्य वस्तु होइन, तर कैयन रोगको उपचार गर्ने औषधि बनाउन उपयोग हुन्छ ।’ उनका अनुसार १० हजार मौरीबाट १ ग्राम ‘वि–भेनम’ संकलन गर्न सकिन्छ । १ ग्राम भेनम संकलन गर्न ३ दिन लाग्छ । १८ देखि २० दिनका कर्मीमौरीमा विष ग्रन्थी विकास भएको हुन्छ । शत्रुलाई आक्रमण गर्ने क्रममा टोक्दा ‘खिल निकाल्छ । वि भेनमको मूल्य २५ देखि ३० लाख पर्छ । इन्जेन्सन, पाउडर, क्रिम आदिमा वि भेनम प्रयोग हुन्छ ।
नेपालमा हालसम्म वि भेनमको व्यवसायीक उत्पादन भएको छैन । नसा, मुटु, वाथजस्ता रोगको उपचारमा वि भेनम प्रयोग हुन्छ ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण