मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए ओली

kpoli-24-1469377359-1१२ असार , काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकार र प्रहरी प्रशासनको चर्को आलोचना गरेका छन् । दोस्रो चरणको चुनावको मौन समयको अवधिमा प्रेस चौतारीले एमाले पार्टी मुख्यालयमै एमाले अध्यक्ष ओलीको विशेष पत्रकार सम्मेलन गरेको थियो ।

समेत रहेका ओलीले दोस्रो चरणको चुनाव स्वतन्त्र र निश्पक्ष रुपमा हुनु पर्नेमा जोड दिए । धरानमा एमाले उम्मेदवारको घरमा बम भेटिएको, आइतबार बुटवलमा आफू सहभागी भएको सभाको मञ्च पछाडि तीन वटा बम भेटिएको भन्दै ओलीले यसबारे सरकारको धारणा मागे ।

सरकारप्रति शंका गर्दै ओलीले भने, ‘सकेको ठाउँमा बम राख्ने, नसकेको ठाउँमा राज्य आतंक मच्चाउने हो कि के हो ?’

दोलखा घटनामा अभियुक्त बनाइएकाहरुलाई ज्यानमारा भन्दै ओलीले ‘ज्यानमारा’ छाड्ने र पीडित परिवार र एमाले सांसद पार्वत गुरुङमाथि नै मुद्दा लगाउने षड्यन्त्र गरेको आरोप लगाए ।

उनले सरकारलाई धेरै उत्ताउलो नहुन चेतावनी दिए । ‘बझाङ, दोलखामा जे देखियो, त्यस प्रकारको नहोस्,’ उनले भने, ‘निर्वाचन निश्पक्ष गराउनुस् । हाम्रो संयमको सीमा हुन्छ, अचाक्ली नगर्न म चेतावनी दिन चाहन्छु ।’

उनले फेरि थपे, ‘पिनोसेको शासन यो भन्दा के फरक थियो ? सद्दाम हुसेन, सद्दाम हुसेन भन्छन्, सद्दाम यी हुसेनहरु भन्दा के फरक थिए ?’

बाजुरामा उम्मेदवारी दर्ताको दिन माथिबाट ढुंगा हानेर एमाले कार्यकर्ताको हत्या भएको भन्दै ओलीले केही सञ्चार माध्यमले झडप भनेको भन्दै आक्रोश पोखे । उनले भने, ‘झडप भनेको त्यस्तो हुन्छ ? आक्रमण भन्न सकिन्नँ । कि नेपाली शब्दकोषको प्रयोगको यही अवस्था हो ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने