मोनो रेल काठमाडौंमा संचालन गर्नको लागी महानगरले थाल्यो सम्भाब्यता अध्ययन

27 माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा स्काइरेल अर्थात मोनोरेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्ने भएको छ ।monorail-in-ktm-skyrail

वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार काठमाडौंमा मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । र, योजना अनुसार काम भयो भने अबको २ वर्षभित्र काठमाडौंको छोटो रुटमा परीक्षणका रुपमा मोनोरेल सञ्चालनमा आउनेछ ।

 

वाइबिडी साइमेक्स कम्पनी ३ महिनाभित्रै काठमाडौंको कुनै १० किलोमिटरको रुटमा मोनोरेल चलाउने विषयमा सम्भाब्यता अध्ययन गर्नेछ । काठमाडौंका अधिकांश क्षेत्रको अध्ययन सक्ने भने १ वर्ष लाग्छ ।

यदि प्रतिवेदनले स्काइरेललाई अगाडि बढाउन सकिने देखाएमा त्यसको करिब १ वर्षभित्रै रेल सञ्चालनमा आउन सक्ने वाइबिडी साइमेक्सका अध्यक्ष प्रशिद्धजंग पाण्डेले दाबी गरे ।mono-rail-mou-1
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौंमा मेट्रो रलको भन्दा मोनोरेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारी अन्तरगत सम्भाब्यता अध्ययन गर्न लागिएको बताए ।

‘मेट्रो रेलका लागि लगानी बोर्डले पनि अध्ययन थालेको छ । तर, हाम्रो पूर्वाधार र ग्राउण्ड रियालिटी हेर्दा स्काइरेलको सम्भावना बढी राम्रो देखियो’ तामाङले भने, ‘मेट्रो रेल जमिनभित्र कुद्ने भएकाले निर्माण तथा सञ्चालन लागत पनि बढी हुन्छ । स्काइ रेल भने हाम्रो शहरको पूर्वाधारसँग म्याच हुने देखियो ।’

तामाङले फिजिबिलटी रिपोर्ट आएपछि कुन मोडलमा, कसरी स्काइ रेल चलाउने भन्ने निर्णय हुने बताए ।

उनले मलेसिया लगायतका देशमा ११ मिटर फराकिलो सडकमाथि पनि स्काइरेल चलिरहेकाले काठमाडौंमा यसको सम्भावना राम्रो रहेको सुनाए । साइमेक्सका अध्यक्ष पाण्डेले यो रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने बताए ।

निर्माण अवधि पनि मेट्रो रेलको भन्दा एकतिहाइ कम हुने भएकाले यसको राम्रो सम्भावना देखिएको उनको भनाइ छ । ‘हामी सुरुवातमा सम्भाब्यता अध्ययन गर्छौं । एकवर्षभित्र काठमाडौंभरिको रुटमा यसको अध्ययन भइसक्छ’ पाण्डेले भने, ‘१० किलोमिटरको रुटमा पाइलट प्रोजेक्टमा रुपमा काम गर्न ३ मिहनाभित्रै प्ररम्भिक रिपोर्ट आउनेछ ।’

त्यसपछि सरकारी प्रक्रिया पुरा हुनासाथ त्यसका एकवर्षभित्र नै रेल सञ्चालनमा ल्याउन सकिने छ ।

उनले ट्रली बसको जत्रै खम्बा राख्दा हुने भएकाले यसले सडकमा पनि कुनै असर नगर्ने बताए । आकाशमा गुड्ने भएकाले यसले सडकको ट्राफिक ब्यवस्थापनमा कुनैपनि किसिमको असर नगर्ने उनको भनाइ छ ।

‘स्काइ रेलमा लगानी गर्दा त्यसको प्रतिफल आउन सक्छ कि सक्दैन भन्ने पनि सम्भाब्यता अध्ययनले टुंग्याउनेछ’ पाण्डेले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको