मोदीको फोन आएलगत्तै मधेसी दलका शीर्ष नेता भारतीय दूतावास पुगे, दिल्लीले के भन्यो ?

Rajapa-morchaकाठमाडौं, १३ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेलगत्तै ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताले भारतीय राजदूत मन्जिभ सिंह पुरीलाई भेटेका छन् ।

स्रोतका अनुसार मंगलबार साँझ लैनचौरस्थित भारतीय राजदूतावासमा पुगेर नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिलकुमार झा, राजकिशोर यादव र शरत्सिंह भण्डारीले राजदूत पुरीलाई भेटेका हुन । भेटमा आसन्न स्थानीय तहको निर्वाचनबारे कुराकानी भएको स्रोतको भनाई छ ।

छलफलका क्रममा भारतीय राजदूत पुरीले ‘तपाईका मागअनुसार सरकार अगाडि बढेको छ । अब त चुनावमा भाग लिनुस्’ भनेर आग्रह गरेका छन् । जवाफमा मधेसी नेताहरुले आफूहरू चुनावविरोधी नभएको स्पष्ट पार्दै चुनावमा सहभागी हुनेबारेमा सोचिरहेको बताएका थिए ।

यता दूतावास बैठकमा सहभागी नेता राजकिशोर यादवले आफूहरु दूतावास गएको र समसामयिक विषयमा सामान्य कुराकानी भएको जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर स्थानीय तहको चुनावमा सक्दो सहयोग गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।