April 18, 2017

मैनाको हत्यामा संलग्न महासेनानी र सहसेनानीलाई आजीवन कैद

बैशाख ५, काभ्रे – सशस्त्र द्वन्द्वकालमा गरिएको गैरन्यायिक हत्याको मुद्दामा जिल्ला अदालत काभ्रेले नेपाली सेनाका महासेनानी र सहसेनानीलाई आजीवन जन्मकैदको फैसला सुनाएकाे छ। द्वन्द्वकालमा काभ्रेको खरेलथोक गाविस–६ स्थित भगवती मावि कक्षा ९ मा अध्ययनरत मैना सुनुवारको हत्यामा संलग्न नेपाली सेना महासेनानी र सहसेनानीलाई आजीवन काराबासको सजाय सुनाइएको हाे।

जिल्ला अदालत काभ्रेका मोदीनी प्रसाद पौड्यलको इजलासले सुनुवारको गैरन्यायिक हत्याको मुद्दामा संलग्न महासेनानी बबी खत्री, सहसेनानीहरु अमित पुन र सुनिल अधिकारीलाई आजीवन जन्मकैदको फैसला सुनाएको हो।

जिल्ला अदालतका स्रेस्तेदार कृष्णप्रसाद अधिकारीका अनुसार घटनामा संलग्न क्याप्टेन निरञ्जन बस्नेतलाई भने महलको १३ (३) बमोजिम घटनामा आदेश पालनामात्रै गरेको भन्दै अदालतले सफाइ दिएको छ। २०६० साल फागुन ५ गते तत्कालीन शाही सेनाले पाँचखालस्थित तत्कालीन वीरेन्द्र सैनिक शान्ति तालिम केन्द्रमा चर्को यातना दिएर मैनाको हत्या गरेको थियो।

मैना स्कुल जाँदै गर्दा १५ जनाको समूहमा रहेका सुरक्षाकर्मीले ‘विद्रोही माओवादी’ भएको कारण देखाउँदै अपहरणको शैलीमा केन्द्रमा लगेर स्तनमा करेन्ट लगाएर चरम यातना दिएर हत्या गरेको र गोप्य रुपमा तालिम केन्द्रकै जङ्गलमा गाडेको नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको थियो।

मैनाको शव २०६३ चैत ९ गते उत्खनन गर्दा कंकाल फेला परेको थियो । मृतककी आमा देवी सुनारले आफ्नी छोरी हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने जिकीर गर्दै २०६२ कात्तिक २७ जिल्ला प्रहरी कार्यालय काभ्रेमा सैनिक अधिकृतविरुद्ध किटानी जाहेरी दर्ता गर्नु भएको थियो। उक्त जाहेरीमा अनुसन्धान नभएपछि उहाँ सर्वोच्च अदालत पुग्नु भएको थियो। उक्त रिटमा लिखित जवाफ पेस गर्दै सेनाले आफ्नो अदालतबाट दोषीलाई सजाय गरेको सार्वजनिक भएको थियो।

२०६२ भदौ २३ गते सैनिक अदालतले भने द्वन्द्वको समयमा सेनाको कारबाही गर्ने क्रममा मैनाको हत्या भएको भन्दै निष्कर्ष निकालेको थियो। सैनिक अदालतले तत्कालीन महासेनानी खत्री, सेनानीहरु अधिकारी र पुनलाई दोषी ठहर गरी जनही ६ महिना कैद तथा खत्रीलाई ५० हजार जरिवाना, दुई वर्ष कैद तथा एक वर्ष बढुवा रोक्ने तथा अन्य दुई जनालाई २५–२५ हजार रुपैयाँ जरिवाना, एक वर्ष जेल सजाय र १ वर्ष बढुवा रोक्ने फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने