काठमाडौँ – उपत्यकामा मेलम्चीको पानी वितरणका लागि थोक प्रणालीको पाइप बिछ्याउने क्रममा शीतापाइला चोकमा भएको दुर्घटनामा परी मृत्यु भएका परिवारले बिमा र किरिया खर्चबापत ११/११ लाख पाउने भएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयसँगको सम्झौताबमोजिम तेञ्जीङ रमण कन्ट्रसनले बिछ्याइरहेको थोक वितरण प्रणाली तीनअन्तर्गत शीतापाइला चोकमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै निधन भएको थियो । पाइप बिछ्याउनका लागि खनिएको खाल्टोमा पाइप राखेर माटोले सम्याउन खाल्टोभित्र छिरेका सप्तरी जिल्लाका सन्तोष दास र श्यामसुन्दर राम एवम् पर्वत जिल्लाका तेजप्रसाद केसीको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक तीनै जनाले सात महिनादेखि पाइप बिछ्याउने काम गर्दै आएका थिए । घटनापछि आज दिउँसो आयोजना कार्यान्वयन निर्देशनालय, निर्माण व्यवसायी र मृतकका आफ्न्तबीच भएको बैठकमा श्रम ऐन र ठेक्का सम्झौताबमोजिम मृतकका परिवारलाई सबै सुविधा हुने सहमति भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । बैठकमा निर्देशनालयका तर्फबाट प्रतिमृतक रु पाँच लाख र निर्माण व्यवसायीका तर्फबाट रु छ लाख गरी र ११ लाख दिने सहमति भएको हो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।