March 10, 2017

मेलम्चीको काम फेरि सुस्त

२७ फागुन, काठमाडौं । आगामी दशैंसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्यसहित सडक खनेर पाइप बिछ्याउने काम धमाधम भइरहेको छ, जसका कारण काठमाडौं धुलाम्मे भएको छ । जति धुलो उडेपनि पानीका लागि सर्वसधारण मौन छन् ।th

ठेकेदार कम्पनीले सुरुङ निर्माण सुस्त बनाएको छ र, झण्डै ५५ करोड अगि्रम भुक्तानी वा ऋणको रुपमा बैंक ग्यारेन्टी माग गर्दै बागर्नेनिङ थालेको छ । तर, मेलम्चीको सुरुङको निर्माणको गति भने सरकारको लक्ष्य र नागरिकको आश अनुसारको पटक्कै छैन ।

आफ्ना सुरुङ खन्ने धेरै मेसिन तथा उपकरण बिग्रिएका भन्दै ले इटालीयन ठेकेदार कम्पनी को-अपेरटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले सरकारसँग ५ मिलियन युरो अर्थात ५५ करोड रकम उपलब्ध गराउन भनेको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले आयोजना समयमै सम्पन्न गर्न दबाव परिरहँदा ठेकेदार कम्पनीले समस्या देखाएर रकम मागेको बताए । साथै अहिलेको सुरुङ निर्माणको गति सरकारको असोजम्म काठमाडौंमा पानी ल्याइसक्ने लक्ष्यसँग मेल खाने अवस्थामा नरहेको स्वीकार गरे ।

‘उपकरणहरु ब्रेक डाउन भयो भनेर ठेकेदारले रकम मागेको छ । हामीले आफ्नो स्टेमेटसहितको डिटेल ल्याऊ भनेका छौं’ भट्टराईले भने, ‘सुरुङ निर्माणको गति बढाउनुपर्ने भएकाले हामीले उसको प्रस्तावमा बिचार गर्छौं भनेका छौं ।’

अहिले सुरुङ निर्माणको गति निकै सुस्त छ । दैनिक २० किलोमिटर मात्रै सुरु खनिँदैछ । कुनै बेला दैनिक ३० मिटरसम्म सुरुङ खनेको कम्पनीले अहिले अनेकन समस्या देखाएर काममा ढिलाइ गरिरहेको छ । आगामी साउनको मध्यसम्म सुरुङ निर्माण सकाउने सरकारको लक्ष्य छ । तर, अहिलेकै कामको गतिले यो सम्भव नदेखिएको भट्टराई स्वीर्काछन् ।

काम २०को गतिमा, २५मा पुर्‍याउनुपर्ने

दैनिक २५ मिटर सुरुङ नखने आगामी साउन मध्यसम्म काम नसकिने भट्टराई बताउँछन् । ठेकेदारले उपकरण ल्याउन बैंक ग्यारेन्टी दाबी गरेकाले उसले पेश गर्ने स्टमेटका आधारमा निर्णय गरिने भट्टराईलेे बताए ।

आयोजना कार्यान्वयन निर्देशनालयले आसोजको मध्यसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याइसक्ने लक्ष्य राखेर पाइप राख्ने काम धमाधम गरिरहेको छ ।

तर, अहिलेकै गतिमा काम भए आसेजमा मात्रै सुरुङ छेडिनेछ । त्यसपछि फेरि पानी वितरणको ‘डेटलाइन’ सार्नुपर्ने अवस्था आउन सक्नेछ । ‘हामी कामको गति बढाउन चाहिरहेका छौं । लक्ष्यअनुसार काम गर्न ठेकेदारलाई दबाव पनि दिइरहेका छौं’ आयोजना प्रमुख भट्टराईले भने-‘उसलाई पर्ने अप्ठ्यारोमा सहजीकरण गर्न पनि हामी तयार छौं ।’

४ किलोमिटरको काम बाँकी

मेलम्ची खानेपानी आयोजनाको २३ किलोमिटर सुरुङ निर्माण कार्य सकिएको छ । तर, झण्डै ४ किलोमिटर सुरुङ खन्न बाँकी नै छ । सुुन्दरीजलदेखि सिन्धुसम्मको करिब ९.४ किलोमिटर सुरुङ पुसको मध्यमै छेडिएको थियो । त्यतिबेला सिन्धुदेखि ग्यालथुमसम्मको २ दशमलव ८ किलोमिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको २ दशमलब ७ किलोमिटर सुरुङ खन्न बाँकी थियो । त्यसपछि सुरु निर्माणमा समान्यमात्रै प्रगति भएको छ । पछिल्लो दुई महिनामा १ किलोमिटरमात्रै सुरुङ निर्माण भएको छ ।

‘सुरुङ खन्दा नरम चट्टान भेटिँदा थप चुनौति आउँछ’ आयोजना प्रमुख भट्टराईले भने, ‘बलियो चट्ट्न भेटिए सजिलो हुन्छ । यसले पनि लक्ष्यअनुसार काम हुने कि नहुने भन्ने निर्धारण हुन्छ । त्यसैले कामको गति नबढाई त सुखै छैन । नत्र फेरि मेलम्ची आउने समय धकेलिने खतरा हुन्छ ।’

चाइना रेल्वेले सन् २०१३ को सेटेम्बरसम्म काम सक्ने गरी २००९ मा ठेक्का लिएपनि काम सुस्त भएपछि २०१२ मा त्यसलाई सम्झौता तोडिएको थियो । त्यतिबेला चिनियाँ ठेकेदारले ६ किलोमिटर मात्रै सुरुङ निर्माण गरेको थियो । त्यसपछि इटालियन ठेकेदारले काम थाल्यो । तर, भूकम्प र नाकाबन्दीका कारण देखाउँदै यो कम्पनीले पनि समयमै काम गर्न सकेन । यो सुरुङ बनेपछि भने सिन्धुपाल्चोकको मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंको सुन्दरीजलमा झर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ