काठमाडौं वैशाख । वैदेशिक रोजगार व्यावसायीहरुले आफ्नो आर्थिक विवरण सरकारलाई बुझाउन अटेरी गरेका छन् । सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ कान्र्यान्वयनको अध्ययनको लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग आर्थिक विवरण माग गरेको थियो ।
वैदेशिक रोजगार विभागमा अहिलेसम्म ६ सय ४१ वटा मेनपावरले मात्रै आफ्नो विवरण बुझाएका छन् । विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार १ सय ३ म्यानपावरले भने सरकारी निर्देशनलाई अटेर गरेर आर्थिक विवरण लुकाएका छन् ।
सरकारले ३ पटकसम्म समय विवरण बुझाउन सुचना जारी गर्दा समेत मेनपावर कम्पनीहरुले अटेरी गरेका छन् ।
२०७३ चैतको सुरुवातमा विदेश वैदेशिक रोजगार विभागले ‘फ्री भिसा र टिकेट’मा विदेश गएका कामदारहरुको विवरण मागेको थियो । सुरुमा ७ दिन, पुनः ७ र तेस्रोपटक १० दिन समय दिएर व्यवसायीसँग विवरण माग गरेको थियो ।
अहिले विभागमा झण्डै साढे ८ सय म्यानपावर दर्ता छन् । भने, ७ सय ५४ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार पठाइरहेका छन् । म्यानपावर व्यवसायीले सेवा शुल्कभन्दा निकै बढी रकम लिएर कामदार विदेश पठाएको गुनासो र उजुरी विभागमा दैनिक पर्ने गरेको छ । तर, विभागले ठोस कारबाही गरेको तथ्यांक भने छैन । प्राप्त भएका विवरणहरूमा पनि विभागले सोधिएका सम्पुर्ण विवरणहरू उल्लेख नभएको जनाइएको छ ।
विभागले पटक–पटक म्याद थप गरेपनि कामदारको विवरण नबुझाउने म्यानपावरको नाम भने सार्वजनिक गरेको छैन । सरकारले ०७२ असार २१ गतेदेखि यता ‘फ्रि भिसा र टिकट’मा गएका कामदारको विवरण म्यानपावरहरुलाई ७ दिनभित्रै विभागमा पठाउन श्रम मन्त्रालयले निर्देशन दिएको थियो ।
कामदारको विवरण, देश, कम्पनी, सेवा शुल्क बापत उठाएर बैंकमा जम्मा भएको रकम, विदेशी कम्पनीले टिकटबापत दिएको रकम र हवाइ टिकट र कादार पठाएको एयरलाइन्सको सबै विवरण मागेको गरिएको विभागका महानिर्देशक विश्वराज पाण्डेले बताए ।
उता वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ्गले सरकारले फ्रि भिसा र टिकटको नाममा व्यवसायीलाई आतंकीत बनाउन आर्थिक विवरण मागेको बताए । सरकारले ०७२ जेठमा मलेसियासहित ६ वटा खाडी मुलुकमा जाने कामदारलाई रोजगार दाताले नै निःशुल्क भिसा र टिकट दिनुपर्ने निर्णय गरेको थियो । त्यसमा कति कामदार विदेश गए भन्ने सरकारी तथ्यांक छैन ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।