मेची महाकाली अभियान विथोल्न परासी बन्द,एमालेले गर्‍यो रुट नै परिवर्तन

k-1-750x487काठमाडौं,फागुन २९ – एमालेको राष्ट्रिय अभियानलाई विथोल्न मधेसी मोर्चाले आईतवार सदरमुकाम परासी बन्द गराएको छ । बन्दको कारण परासी क्षेत्रका पसल व्यवसाय र सवारीसाधन बिहानैदेखि चलेका छैनन् । एमालेको अभियान परासीहुँदै भैरहवा जाने कार्यक्रम तय गरेपछि मोर्चाले सदरमुकाम बन्दको आव्हान गरेको हो । सुरक्षा निकायले रुट परिवर्तन गरेको जानकारी पाएपछि मोर्चाले सदरमुकाम बन्दको कार्यक्रमलाई यथावत राख्दै बासाबसहीमा विरोध प्रदर्शन राखेको छ ।

बन्दका कारण शनिवार कावासोतीको आमसभापछि एमाले शिर्ष नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, प्रदिप ज्ञवाली, इश्वर पोखरेललगायत कावासोतीमै छन् । कावासोतीबाट आउने शिर्ष नेताहरुको टोलीलाई बिरोध गर्न मोर्चाले बर्दघाट(भूमही सडकको बासाबसहीमा प्रदर्शनको तयारी गरेको छ ।
विरोध प्रदर्शन हुने भएपछि जिल्लास्थित सुरक्षा निकायले त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरेको छ । यसैबीच भैरहवाको कार्यक्रम विथोल्न त्यहाँको मोर्चाले पनि रुपन्देही बन्दको आव्हान गरेको छ । एमालले भने सुरक्षाको कारण देखाउँदै अभियानको रुट नवलपरासी सुरक्षा निकायले परिवर्तन गरेको छ । संयुक्त मधेसी मोर्चाले बिरोधका कार्यक्रम राखेपछि जिल्लास्थित सुरक्षा निकायले नवलपरासीको भूमहीबाट परासीहुँदै आईतवार भैरहवा जाने एमाले अध्यक्ष केपी ओलीसहितको शिर्ष नेताहरु सम्मिलित अभियानको रुट परिवर्तन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक