मुम्बई पराजित , राइजिङ पुने फाइनलमा

Rising-Pune-and-mumbai

३ जेठ, काठमाडौं । राइजिङ पुने सुपरजाइन्ट आइपिएलको १० औं संस्करणको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा अंक तालिकामा पहिलो स्थानमा रहेको बलियो मुम्बई इण्डियन्सलाई २० रनले हराउँदै पुने फाइनलमा प्रवेश गरेको हो ।

१६३ रनको सामान्य लक्ष्य पछ्याए पनि मुम्बईका खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा पुनेले फाइनलको टिकट काट्यो । पराजित भए पनि अझै पनि मुम्बइको फाइनलको बाटो बाँकी छ । अब तेस्रो र चौथो स्थानमा रहेका सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सको विजेतासँगको खेल जिते मुम्बई फाइनलमा प्रवेश गर्नेछ ।

मुम्बईलाई हराउनका लागि महेन्द्रसिंह धोनीको योगदान निक्कै महत्वपूर्ण रह्यो । धोनीले ५ छक्काको मद्दतमा २६ बलमा ४० रन बनाए । अजिन्का रहानले ४३ बलमा ५६ रन बनाए । मनिष तिवारीले ४८ बलमा ५८ रन बनाएपछि पुनेले १६३ रनको चुनौति दिएको थियो ।

तर, मुम्बईका लागि पार्थिव पटेलले ५२ रनको योगदान दिनुभन्दा बाहेक अरु खेलाडीले गतिलो योगदान नगरेपछि मुम्बई १४२ रनमै रोकियो । पुनेका लागि सन्डर र ठाकुरले तीनतीन विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति