December 29, 2017

माओवादी केन्द्रका प्रदेशसभाको समानुपातिक सांसदकाे नामावली

  २०७४ पौष १४ 

काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाअन्तर्गतका समानुपातिकतर्फको नामावली टुंगो लगाएको छ । शुक्रबार माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने गरी प्रदेशसभाअन्तर्गतका समानुपातिक सांसदको नामावली टुङ्यो लगाएको हो ।

माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् । यस्तै सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी हुन् ।

 

प्रदेश ३ कै प्रदेशसभा सदस्य बनेका दोलखाका आङदेण्डी लामा चुनाव अघि मात्र माओवादी प्रवेश गरेका थिए ।

प्रदेश ६ को समानुपातिकमा परेकी पुष्पा घर्ती विष्ट पूर्वसासद नरबहादुर विष्टकी श्रीमती हुन् । कृष्णा शाह अाचार्य नेता रामदीप अाचार्यकी श्रीमति हुन् । यस्तै विमला केसी पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी (जेठोबुवाको छोराकी श्रीमती)  हुन् । सीता नेपाली पूर्व सांसद हुन् ।

यी हुन् माओवादी केन्द्रले प्रदेशसभा समानुपातिकमा छानेको सांसद्को नाम
प्रदेश नं.-१

१. सीता थेवे
२ . कुशुमकुमारी श्रेष्ठ
३. शाैभाग्य राई
४. सरस्वती पोखरेल
५. उमिता बिश्वकर्मा

प्रदेश नं.-२
१. जगतप्रसाद यादव
२ . महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा

प्रदेश नं.-३
१. दिनेश महर्जन
आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल

प्रदेश नं.-४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया राेकामगर (गौतम)

प्रदेश नं.-५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव

प्रदेश नं.-६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह

प्रदेश नं.-७
१. निर्मला बडाल (जोशी)
२. कुन्ती जोशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)