माओवादी उम्मेदवारसँग ८० वर्षीया सेतीमायाको प्रश्नः मेरो छोरा खोइ ?

२३ कार्तिक,दोलखा । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गंगा कार्की ‘विश्व’ चुनावी कोणसभा सम्बोधन गर्न गाउँ आउने थाहा पाएपछि दोलखा बिगु गापा–६ आलाम्पुकी ८० वर्षीया सेतीमाया थामी निर्धारित समयमै कार्यक्रमस्थल पुगिन् ।

खादा लगाएका कार्की स्टेजमै थिए । थामीले कार्कीलाई भेट्न हर कोशिस गरिन् । तर, सफल भइनन् । कार्यक्रमबीचमै स्टेजबाट उठेर कार्की चौरतर्फ निस्किइन् । पर्खेर बसेकी सेतीमायाले उनलाई बीचबाटोमै समातिन् र छाती पिटेर रुँदै प्रश्न गरिन्, ‘मेरो छोरा खोइ ?’ सेतीमाया थप भक्कानिन पुगिन् । कुर्सीमा थचक्क बस्दै फेरि प्रश्न गरिन्, ‘बाबु, मेरो छोरालाई किन सँगै नल्याएको ?’

सेतीमायाको आँसु यतिमै थामिएन । शोकाकुल उनी छट्पटाउन थालिन् । चुनावीसभा एकाएक भावविह्वल बन्यो । यसपछि कार्कीलाई आलाम्पुका स्थानीय थामीले एकाएक घेरा हाले । सबैको अनुहारमा उही प्रश्न दौडिएका देखिन्थे, ‘हाम्रा छोरा खोइ ?’ तर, कार्कीसँग जवाफ थिएन ।

वातावरण नियन्त्रणबाहिर जाने देखिएपछि बिचमै भाषण छाडेर दोलखा (ख)का उम्मेवार बर्मा लामा कार्कीनजिक पुगे । र, सेतीमायालाई सम्झाउनतिर लागे ।

माओवादी जनयुद्धताका नेता हुन्, कार्की । युद्धताका उनी आलाम्पु गइरहन्थे तर शान्ति प्रक्रियापछि कार्की गाउँ जान चटक्कै छाडे । १५ वर्षपछि उम्मेदवार बनेर उनी गत साता गाउँ पुगे ।

कार्यक्रममा सहभागी मानबहादुरकी आमा सेतीमाया र बुबा सन्तवीर सुरुमा त नाचे तर छोरा गुमाएको पीडाले सेतीमायालाई भित्रभित्रै गाल्न थाल्यो । चुनावी तामझामले उनलाई शान्ति दिएन । एकाएक भक्कानिएकी थामी कार्कीलाई प्रश्न गर्न थालिन् ।

यस्तो छ, घटना

चुनावी प्रचारप्रसार क्रममा गत साता आलाम्पुमा भएको घटना बुझ्न २१ वर्षअघि सल्लेरी आक्रमण केलाउनुपर्नेहुन्छ । सरकारसँगको वार्ता असफल भएलगतै १० मंसिर २०५८ मा सोलु सल्लेरीस्थित सेनाको ब्यारेकमा तत्कालीन माओवादी छापामारबाट आक्रमण भयो ।

मध्यरात भएको अप्रत्याशित आक्रमणका कमान्डर थिए, सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि दोलखाबाट अहिले चुनावी मैदानमा छन् । बिनातयारी आक्रमण भएको थियो । सोही घटनामा मारिएका थिए, सेतीमायाका २४ वर्षीय छोरा मानबहादुर थामी । उनी तत्कालीन माओवादी छापामारका सेक्सन कमान्डर थिए । आक्रमणमा उनीसँगै आलाम्पुकै बासु थामी र कुमार थामीले पनि ज्यान गुमाए । उनीहरूसँगै सहभागी खुबहादुर थामी बालबाल बाँचे । आलाम्पुकै गणेश थामी भने श्रीमतीका कारण आक्रमणमा सहभागी हुन सकेनन् । नत्र, उनको पनि ज्यान जान सक्थ्यो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार कार्कीसँग छाती पिटेर प्रश्न गर्ने सेतीमाया र आक्रमणमा मारिएका मानबहादुरकी आमा विगक गाउँमा सहाराविहीन जीवन गुजार्न बाध्य छन् । सेतीमायाकी साइलो छोरा थिए, मानबहादुर ।

माओवादी आक्रमणमा मारिएपछि परिवारमा शोकसँगै ठुलो बज्रपात प-यो । त्रासले गाउँ स्तब्ध बन्यो । मानबहादुरबाहेक उनका अन्य तीन सन्तान थिए । उनीहरू पनि मारिने भयले हरेक रात पिरोल्न थाल्यो । डराएकी उनले जेठा छोरा रणबहादुर र माइलो बलबहादुरलाई रातारात भारत उत्तरपूर्व दार्जिलिङ पठाइन् । मुस्किलसाथ कान्छो चौतारीलाई घरमै जोगाइन् । दार्जिलिङ गएका दुई छोरा त्यसपछि फर्केका छैनन् । कान्छो चौतारी भने अहिले काठमाडौं बस्छन् ।

माओवादी द्वन्द्वका कारण परिवार उजाडेकी सेतीमाया अहिले सहाराविहीन छिन् । ८५ वर्षीय पति सन्तवीर अस्वस्थ छन् । बिहान–बेलुका छाक टार्न मुस्किल छ । अँगेना तातो गर्न दाउरा जाहो गर्ने घरमा कोही छैनन् । आङ ढाक्न कपडा छैन । तातो पानी तयाएर खाने शक्ति शरीरबाट दिनदिनै क्षीण हुँदै छन् । मृतक छोराको पीरले निन्द्रा लाग्दैन ।

सल्लेरी आक्रमणमा बालबाल बाँचेका गणेश थामी ‘आक्रमणमा छोरा परेको र आफूहरू बल्तल्ल’ बाँचेको सम्झन्छन् । उनका छोरा दार्जिलिङ र काठमाडौंतिर छन् । गाउँमा उनी एक्कै । मानबहादुरजस्तै थामी समुदायबाट मात्रै माओवादी सशस्त्र द्वन्द्वमा ३१ युवाले ज्यान गुमाए । उनीहरूका परिवारको अवस्था सेतीमायाको भन्दा फरक छैन ।

क्रान्तिका नाममा युद्धमा होमिएका पार्टीका ‘फुल टाइमर’ कार्यकर्तामध्ये कोही खाडीको तातो घाममा पसिना चुहाइरहेका छन् भने कोही मलेसियामा श्रम बेच्न बाध्य छन् । अंगभंग भएका कारण वैदेशिक रोजगारमा जान नसकेका गाउँमै ‘डिप्रेसन’को सिकार भएर बसेका छन् । उनीहरूसँग औषधि खरिद गर्नेसम्म हैसियत छैन । तर, नेता र तीनका आफन्तले भने राज्यबाट प्राप्त सुविधा भोग गरिरहेका छन् । जनयुद्धमा मुलुकभरबाट १७ हजारले ज्यान गुमाएका छन् । दोलखाबाट मात्रै १ सय १ को ज्यान गएको थियो । जसमध्ये ३१ जना थामी युवा थिए । हिजोको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने