५ कात्तिक, काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएपछि केन्द्रले पाउने उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन ।
उनका अनुसार संघीय संसद्का उम्मेदवारमा भोजपुरमा सुदन किराँती, सोलुखुम्बुमा हेमकुमार राई, रामेछापमा श्यामकुमार श्रेष्ठ र सिन्धुपाल्चोक क्षेत्र नं १ मा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाइएको छ । त्यसैगरी नुवाकोट क्षेत्र नं १ मा हितबहादुर तामाङ, लमजुङमा देवप्रसाद गुरुङ, गोरखा क्षेत्र नं १ मा हरिराज अधिकारी र २ मा नारायणकाजी श्रेष्ठ, बागलुङ क्षेत्र नं २ मा देवेन्द्र पौडेल तथा रोल्पामा वर्षमान पुन उम्मेदवार बनेका छन ।
रुकुम (पूर्व)मा कमला रोका, रुकुम (पश्चिम)मा जनार्दन शर्मा, जुम्लामा गजेन्द्र महत, कालीकोटमा दुर्गाबहादुर रावत, हुम्लामा जिमी लामा र जाजरकोटमा शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाइएको छ । प्रवक्ता भुसालका अनुसार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्यमध्ये १६ वटामा प्रत्यक्ष उम्मेदवारी दिइएको हो । त्यसैगरी पार्टीले प्रदेशसभामा ३२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।