महिला र पुरुषमा कसले बढि यौन आनन्द लिन्छ ?

 यौन को सन्दर्भमा सबैभन्दा खोजीनीति गरिने अनि बहस गरिने विषय भनेको के हो त भन्दा यौनबाट कसले बढि आनन्द लिन्छ ? महिला या पुरुष ?

यो प्रश्नमा महिला र पुरुष दुवैको जवाफ आत्मउन्मुख हुने गर्दछ । पुरुषहरुले आफुलाई बढि आनन्द हुने दाबी गर्छन भने महिलाहरु पनि आफैलाई आनन्द हुने दाबी गर्छन । फेरी कयौं यस्ता पनि हुन्छन् जुसले ठ्याक्कै उल्टो दाबी गर्छन ।
तर विभिन्न धर्मले पनि यो विषयमा आ आफ्नै उत्तर दिएका छन् । यस्तै शिलशिलामा महाभारतमा एक रोचक प्रसंग उल्लेखित पाइन्छ ।

महाभारत प्रसंग

जब भिष्म आफ्नो मृत्युशय्यामा प्राण त्याग्ने तरखरमा थिए, त्यतिबेला युधिष्ठिरले उनलाई एक विचित्रको प्रश्न गरे यौन आनन्द कसले बढि प्राप्त गर्छ ? महिला या पुरुष ?
युधिष्ठिरको यस्तो असामयिक प्रश्नमा भिष्मले भने कसले बढि आनन्द पाउँछ भनेर त मुश्किल नै पर्छ । यसको लागि तिमीले महिला अनि पुरुष भएर दुवैको अनुभव पाएको हुनुपर्छ ।
के त्यस्तो प्राणी पनि हुन्छ र ? भनि युधिष्ठिरले चाख मान्दै सोधेपछि भिष्मले भागंश्वना को कथा सुनाउन थाले
भागंश्वना जन्मिँदा पुरुष भएर जन्मिएका थिए र उनका थुप्रै छोराहरु पनि थिए । एकदिन उनले इन्द्रदेवलाई क्रोधित बनाएपछि, इन्द्रले उनलाई स्त्रीमा परिवर्तन गरिदिए । स्त्री भएर पनि भागंश्वनाले थुप्रै छोराछोरीहरु जन्माए । मतलब उनले दुवै पुरुष र महिला भएर यौन आनन्द अनुभव गर्न पाए । उनले भनेका थिए कि पुरुषले भन्दा महिलाले बढि यौन आनन्द पाउँछन् ।

ग्रीक संस्कृतिको एक ग्रन्थमा पनि यसै विषय सम्बन्धि एक कथा प्रसंग उल्लिखित पाइन्छ । एकदिन ओलम्पियनका राजा रानी ज्यूज र हीराको बीचमा विवाद पर्यो यौन आनन्द कसले बढि पाउँछ ?

यसैबीच, टाइरेसियस नाम गरेका एक साधु बाटोमा हिँड्दै गर्दा झुक्किएर बरालिएको सर्पजोडीको पोथी सर्पलाई मार्न पुगे र श्रापको कारण महिलामा परिणत हुनुपर्यो । त्यसपछि उसले बाँकी रहेको भाले सर्पलाई पनि मार्यो भने फेरी पुरुषमै परिणत हुन सकिन्छ भनेको सुनेपछि त्यो भाले सर्पलाई पनि मारे र फलतः ऊ पुरुषमा परिणत भए । त्यसबीचको समयमा उनले महिला र पुरुष दुवै भएर यौन सम्पर्कमा संलग्न भएका थिए । बहस गरिरहेका ज्य्रज र हीराको बीचमा कुराको टुंगो नलाग्ला जस्तो भएपछि ज्यूजले टाइरेसियसलाई बोलाए र सोधे ‘ल तिमी नै भन टाइरेसियस कसले बढि आनन्द पाउँछ ?’

टाइरेसियसको उत्तर थियो ‘महिलाले’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि