महिनावारी हुँदा घरबाट निकालिएकी तुल्सीको छाउगोठमा सर्पले टोकेर मृत्यु

snake_YZfF7SG0Bnअसार २४, सुर्खेत – छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ। जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो। स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको समयमा सर्पले टोकेको थियो। 

मध्यरातमा सर्पले टोकेपछि परिवारले धामी झाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए। तर, भरपर्दो उपचार नपाउँदा २२ वर्षीया तुल्सीको शुक्रबार मृत्यु भएको हो। गाउँमै रहेको मामाको घरमा रहेको छाउगोठमा सुतेकी तुल्सीलाई राति १० बजे सर्पले टोकेको थियो। सर्पले टोकेको करिब नौ घण्टापछि उपचारकै अभावमा तुल्सीकाे ज्यान गएको नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य केन्द्र पनि टाढा भएको र एम्बुलेन्स पनि नहुँदा उपचार नपाएरै शान्ताको मृत्यु भएको हो । जम्बुकाँध स्वास्थ्य चौकीमा कार्यरत अनमी कमला शाहीले उपचार अभावमै शान्ताको मृत्यु भएको जानकारी दिए । नगरपालिका भए पनि सो स्थानमा अहिले पनि छाउपडी प्रथा कायमै छ। घरभित्र पस्दा देउता रिसाउने र अनर्थ हुने अन्धविश्वासका कारण स्थानीयले महिनावारीको वेलामा महिलालाई सात दिनसम्म घरभित्र पस्न दिदैंनन्।

यही अन्धविश्वासका कारण छोगोठमा सुतेकी तुल्सीको अकालमै ज्यान गुमेको हो। छापउडी विरुद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियान पनि संचालन गर्दै आएका छन्। तर, सबै अभियान प्रभावकारी हुन सकेका छैनन्। अहिले पनि प्रदेश ६ र ७ का जिल्लामा छाउपडी प्रथा कायमै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने