महिनावारीमा हुने पीडाबाट थाहा हुनेछ कति हुनेछ प्रसवपीडा

एजेन्सी

३० वेशाख – महिनावारीमा हरेक महिलाको अनुभव भिन्न हुन्छ । कसैलाई अत्यधिक समस्या हुन्छ भने कसैलाई कम । थुप्रै महिलाले त महिनावारीको हुँदा प्रकृतिलाई कति दुःख दिएको भनी गालीसमेत गर्छन् तर विश्वास गर्नुहोस् यी महिनावारीमार्फत् प्रकृतिले कुनै महिलालाई सन्तान जन्माउनका लागि तयार गराइरहेको हुन्छ । महिलालाई थप बलियो बनाइरहेका हुन्छ, जसका कारण भविष्यमा हुने प्रसवपीडाको दुःखाईलाई सहन सकून् ।

 

अष्ट्रेलियाको एक महिला वेबसाइटमा छापेको रिपोर्ट अनुसार महिनावारीमा हुने दुःखाईले प्रसव पीडाको अन्दाज लगाउन सकिन्छ । डाक्टर दाशा फिल्डरले वेबसाइटसँग भनिन्, ‘सुरुवातको केही मिनेटमा महिनावारी र प्रसवको पीडा एकै खाले हुन्छन् । फरक मात्र यति छ कि महिनावारीमा पीडा सुरुवातको जस्तै हुन्छ तर प्रसवमा पीडा बढिरहन्छ ।

प्रसवमा १० गुणा बढि हुन्छ पीडाः

महिनावारीको पीडा र प्रसवको पीडामा एक साधारण नाता छ । प्रसवको क्रममा सर्भिक्सको मुख १ सेन्टिमिटर खुल्छ भने प्रसवको क्रममा सर्भिक्सको मुख १० सेन्टिमिटरसम्म खुल्ला हुन्छ जसका कारण बच्चा सजिलै बाहिर आउन सकोस् ।

महिनावारी हुँदा धेरै पीडा हुन्छ भने चिन्ताको कुराः

यो खबरले ती महिला अत्यधिक खुसी हुनेछन् जसलाई महिनावारीको क्रममा धेरै पीडा हुँदैन किनभने उनीहरुलाई भविष्यमा प्रसव पीडा पनि कम हुने सम्भावना भएको बताइएको छ । यद्यपी, जो महिलालाई धेरै पीडा हुन्छ, यो रिपोर्ट अनुसार उनीहरुले प्रसव पीडाको क्रममा थुप्रै गुणा बढि पीडा सहनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि