महासमितिका लागि उपसमिति गठन गर्न बैठक बस्दै

नेपाली कांग्रेसले आगामी महासमिति बैठकका लागि गठन गरेको स्थानीय व्यवस्थापन समितिको बैठक बस्दैछ । आज (सोमबार) दिउँसो २ बजे बस्ने बैठकले महासमितिको बैठक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने छ । कांग्रेसले महासमितिको व्यवस्थापन लगायतको तयारीका लागि काठमाडौं कांग्रेसका सभापति कृष्ण सबजु बानियाँको संयोजकत्वमा समिति गठन गरेको छ ।     

यसअघि गत शनिबार पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस पदाधिकारी र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमितिको बैठक काठमाडौंको भृकटीमण्डपमा गर्ने निर्णय गरेको थियो । गत भदौ ९ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिकोे बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँँ महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । 

सभापति देउवाले स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र कात्र्तिक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि ५ बजेसम्म हुने जलपान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गराउने सन्दर्भमा सभापति देउवाले आवश्यक निर्देशन दिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक