महाशिवरात्रिमा नौ स्थानमा सवारीसाधन प्रवेश रोक

pashupatinath-temple-480x250काठमाडौँ, १३ फागुन । महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ ।

महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवी चोकबाट पुरानो बानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुम्बहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ रोक लगाएको हो ।

यस्तै मालबाहक सवारीसाधनलाई तीनकुनेबाट सिनामङ्गलतर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हँुदै आउने मालबाहक सवारीसाधनलाई गौरीघाटतर्फ, सिनामङ्गल पुलबाट करिडोरको मार्ग हँुदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारीसाधनलाई चुच्चेपाटीबाट चावहिलतर्फ व्यवस्थापन गरिएको महाशाखाले जनाएको छ ।

यसैगरी नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्रोड परिक्रमा गर्ने यात्रबाहक सवारीसाधनलाई, पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगङ्गासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाएको छ ।

रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारीसाधनलाई पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाएको छ ।

यस्तै कलङ्की, हल्चोक, बालाजु, महाराजगन्ज भएर चल्ने सवारीसाधनलाई सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कने व्यवस्था मिलाइएको छ ।

रातोपुल, गौशाला भएर चावहिलतर्फ जाने सवारीसाधनलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटीतर्फ जाने र फर्कंदा चावहिल, सुकेधारा, महाराजगन्ज, लाजिम्पाट, खानीविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाएको छ ।

यस्तै शङ्खमूल, नयाँ बानेश्वर, पुरानो बानेश्वरतर्फबाट चल्ने सवारीसाधनलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाएको छ । यसैगरी विदेशी पर्यटकका सवारीसाधनलाई तिलगङ्गा, भारतीय दर्शनार्थीका साना सवारीसाधन र पासवाला सवारीसाधनलाई अमालकोट, स्वदेशी तथा विदेशी दर्शनार्थी एवम् तीर्थयात्रीका सवारीसाधनलाई सिफल चौर, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई गौशाला प्रभाग, पासवाला सवारीसाधनलाई कोषको कार्यालय र बौद्ध, जोरपाटीतर्फबाट आउने भक्तजनका सवारीसाधनलाई गुह्येश्वरीमा पार्किङको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा