February 7, 2020

महँगो देशको सूचीमा नेपाल १ सय २२ औं स्थानमा

युरोपेली देश स्विटजरल्याण्ड विश्वको सबैभन्दा महँगो देश बनेको छ । ८६ लाख आवादी रहेको सुन्दर देशहरुमध्यको एक स्विटजरल्याण्ड सबैभन्दा महँगा देशहरुको सूचीमा पहिलो स्थानमा परेको हो । त्यसैगरी करिब ५४ लाख आवादी रहेको देश नर्वे उक्त सूचीमा दोस्रो स्थानमा र ३ लाख ६३ हजार जनसंख्या रहेको आइसल्याण्ड तेस्रो स्थानमा परेको छ । यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा लेखेको छ ।

sagarmatha

महँगो देशको सूचीमा नेपाल १ सय २२ स्थानमा परेको छ भने सस्तो देशको सूचीमा यो ११ औं स्थान हो । सबैभन्दा महँगो एसियाली देश जापान उक्त सूचीमा चौथोमा परेको छ । त्यसलाई पछ्याउँदै सिंगापुर नवौं स्थान र दक्षिण कोरिया १० औं स्थानमा परेका छन् । त्यसैगरी दोस्रो ठूलो अर्थतन्त्र भएको चीन महँगो देशको यो सूचमा निक्कै तल ८० औं स्थानमा परेको छ भने अमेरिका २० औंमा छ ।

विश्वको सबैभन्दा सस्तो देशको सूचीमा पाकिस्तान पहिलो स्थानमा परेको छ भने दोस्रोमा अफगानिस्तान र तेस्रोमा भारत परेका छन् । अमेरिकाको आर्थिक अखबार सीइओ वर्ल्डले विश्वका १ सय ३२ देशको सर्वेक्षण गरी उक्त सूची जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण