मलेसिया जान अब ५८ सय रुपैयाँ तिरे पुग्ने

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५८ सय रुपैयाँ मात्र खर्चिए पुग्ने भएको छ। नेपाल र मलेसिया सरकारबीच सोमबार काठमाडौंमा भएको द्विपक्षीय श्रम समझदारीमा ‘सरकारलाई बुझाउने श्रमिक कल्याणकारी कोषको एक हजार र बिमाको ४८ सय २५ सबै खर्च रोजगारदाताले बेहोर्ने’ उल्लेख छ।

कामदार पठाउन लाग्ने सेवा शुल्क, आतेजाते हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सरक्षा जाँच खर्च रोजगारदाता कम्पनीबाटै बेहोर्नेगरी मलेसियाले जिम्मा लिएको श्रममन्त्री गोकर्ण विष्टले बताए।

मन्त्री विष्टका अनुसार एक कामदार पठाएवापत मलेसियाको रोजगारदाताले नेपाली म्यानपावरलाई कामदारले नेपाली म्यानपावरलाई कामदारले पाउने मासिक न्युनतम तलबको ५० प्रतिशत बराबर सेवा शुल्क भुक्तानी गर्नेछ। मलेसियाले सामान्य कामदारको एक हजार ५० र सुरक्षा गार्डको १५ सय रिंगेट न्यूनतम तलब तोकेको छ।आजको कान्तिपुर दैनिकमा समाचार छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण