February 11, 2020

मन्त्री बनेपछि ‘आत्तिएका’ घनश्याम भुसालको दाबी : ६० वर्ष नगरेका काम हुन्छन्

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले किसानलाई आकर्षित गर्ने गरी सरकारले काम गर्ने बताएका छन् ।

उनले कृषिमा लाग्ने नागरिकको उद्यम नडुब्ने, मिहिनेत खेर नजाने र पसिना बगाउने व्यक्ति सुरक्षित हुन्छन् भन्ने मानसिकताको विकास गराउन लागेको बताए ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनी रोडमा मंगलवार भवन शिलान्यास गर्दै मन्त्री भुसालले भने, ‘करीब ६० वर्ष कृषि क्षेत्रले नगरेका कामहरू अब के गर्नुपर्ने हो, त्यसतर्फ म करीब–करीब खुट्टा टेक्ने स्थानमा छु, कृषिमा लाग्ने व्यक्ति मर्दैन, उसका सन्तानहरूको जीविकोपार्जन गर्न समस्या हुँदैन भन्नेतर्फ काम अगाडि बढाएका छौं ।’

उनले कृषि तथा पशुपन्छी मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयहरू धेरै रहेकाले आफूले मन्त्रालय सम्हालेपछि बीचमा केही आत्तिएको समेत बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य समेत रहेको भुसालले विकासको लागि पार्टीकरण गर्न नहुने र यस क्षेत्रलाई सबैको विकासको थलो बनाउनुपर्ने बताए । विकासमा राजनीतिकरण आफूले नगर्ने भन्दै अरुले कसैले पनि राजनीतिकरण गर्न नहुने उनले बताए ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुसालले सिद्धार्थनगरवासी सामूहिक रुपमा अगाडि बढ्न संकल्प गर्दै ५–७ वर्षमै धेरै लामो यात्रा तय गर्न सकिने बताए । ढुंगा, माटो र कंक्रिटको कुरा गर्ने तर मान्छेको विकासको कुरा नगर्ने कुराले समग्र विकास हुन नसक्ने उनले बताए । 

लुम्बिनी प्रेस क्लबले लुम्बिनीमा आयोजना गरेको लुम्बिनी न्यूज फेस्टिबलपछि त्यसले नयाँ तरङ्ग ल्याएको उनले बताए । उनले आफ्नो शक्ति आफैं थाहा नपाउने र त्यो अरुले भन्नपुर्ने स्थिति देखिएको बताए । कार्यक्रममा ५ नम्बर प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले पत्रकारको कलम जनता तथा विकासको पक्षमा चल्नुपर्ने बताए । उनले मिडियाले गलत कुराको उजागर गर्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य फखरुद्दीन खानले मिडियाले शक्ति नभइ सत्यको र व्यक्तिको नभई विचारलाई समेट्नुपर्ने बताए । उनले २ वर्षमा अपेक्षित रुपमा सरकारले काम गर्न नसकेको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले आर्थिक–सामाजिक रुपमा भैरहवा अगाडि बढ्दै गएको बताए । उनले अन्य क्षेत्रबाट पनि यस्तै सहयोग भए लुम्बिनी प्रेस क्लबको भवन निर्माण कार्य छिट्टै सम्पन्न हुने बताए ।

पूर्व सांसद इस्तियाक अहमद खानले मिडियाले सरकारको कमीकमजोरी औंल्याउनुपर्ने बताए । उनले सकारात्मक कुरालाई पनि मिडियाले प्राथमिकता दिनुपर्ने बताए ।

सांसद घनश्याम भुसालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको सहयोगमा १० धुर जग्गामा निर्माण हुन लागेको ४ तले भवनको मंगलवार शिलान्यास गरिएको क्लबले जनाएको छ । कार्यक्रममा उपस्थित व्यक्तित्वले पनि भवन निर्माणको लागि सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी