मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि

काठमाडौं,असोज २४, प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै आलोचना भइरहेको छ। 

हमाल काँग्रेस कोटाबाट मन्त्री भएको भन्दै सरकार प्रवक्तादेखि गठबन्धन दलका नेता एवं माओवादी केन्द्रका अध्यक्षले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्। वाणिज्यमन्त्री बनेका हमाल आफैंले आफू कांग्रेस भएको बताउँदै आएका छन्। हमाल मन्त्री भएको प्रकरणले न्यायालयप्रतिको विश्वास गुमाएको छ भने गठबन्धनका दलहरू आफैंले उठाएका विषय पनि खण्डित गरेको छ।

हमाल कांग्रेसको जिल्ला सभापति भइसकेकाले अनावश्यक चर्चा नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘संसद् विघटनबाटै नेपालमा सेटिङ भन्ने शब्द खुब चर्चामा छ, कसैलाई फेरि यही भन्न मन लाग्यो होला तर त्यस्तो होइन।’

रामचन्द्र र शशांकप्रति सुजाता क्रुद्ध

त्यस्तै, मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारूढ सबै दलमा विवाद र असन्तुष्टि बढेको छ। कांग्रेस नेता रामचन्द्र पौडेलसहित संस्थापनइतर समूहका नेताहरू पार्टी सभापतिसमेत रहेका देउवासँग रुष्ट बनेका छन्। तीन मन्त्रालय मागेको संस्थापन इतरलाई देउवाले दुई मन्त्रालय मात्र दिएपछि उनीहरू असन्तुष्ट छन्। साथै, जनसम्पर्क र विकासबाहेकका मन्त्रालय आफ्नो पक्षलाई दिएको उनीहरूको गुनासो छ। संस्थापनइतर समूहबाट आफूलाई मन्त्री नबनाएको भन्दै नेतृ सुजाता कोइरालाले तीव्र असन्तुष्टि पोखेकी छन्। उनी नेता पौडेलसँग रुष्ट देखिएकी छन्। उनले आगामी महाधिवेशनमा पौडेल र महामन्त्री शशांक कोइरालालाई साथ नदिने पनि बताएकी छन्। उनीहरू दुवैबाट पार्टी चल्न नसक्ने ठोकुवा पनि सुजाताले गरेकी छन्।  

आफूले भनेको नभएपछि प्रकाशमान रुष्ट

कांग्रेस नेता प्रकाशमान सिंह पनि आफूले भनेकालाई मन्त्री नबनाएको भन्दै देउवा र आफ्नै समूहका नेताप्रति असन्तुष्ट देखिएका छन्। काठमाडौंबाट राजन केसीलाई मन्त्री बनाउनुपर्ने पक्षमा सिंह थिए। तर, संस्थापनइतर समूहले दुई मात्र मन्त्रालय पाएपछि केसी सरकारमा सहभागी हुन पाएनन्। मन्त्रिपरिषद् विस्तारलाई लिएर देउवा पक्षमा पनि असन्तुष्टि बढेको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल मन्त्रीको आकांक्षी थिइन्। मानबहादुर विक, चित्रलेखा यादवसहितका नेता पनि मन्त्रीका आकांक्षी थिए। तर, मन्त्रिपरिषद्मा नअटेपछि उनीहरू पनि असन्तुष्ट छन्। प्रधानमन्त्री देउवाले कांग्रेसमा धेरै योगदान गरेका नेतालाई मन्त्री बनाउन नसकेको स्वीकार गरेका छन्।  

नारायणकाजी बेखुसी

कांग्रेसमा मात्र होइन, सत्तारूढ अर्को घटक माओवादी केन्द्रमा पनि असन्तुष्टि बढेको छ। नेता नारायणकाजी श्रेष्ठले सरकारमा सहभागी हुन चाहेका थिए। तर, उनलाई माओवादी केन्द्रले स्थान दिएन। श्रेष्ठबाहेक अन्य धेरै नेताहरू पनि मन्त्रीको आकांक्षी थिए। मन्त्री बन्न नपाएपछि उनीहरू बेखुसी भएको स्रोतको दाबी छ। संसद्को सुशासन समिति सभापति रहेकी शशी श्रेष्ठलाई भने माओवादीले सरकारमा पठाएको छ।  

नेकपा एसका मेटमणि पनि असन्तुष्ट

सत्ताको अर्को घटक नेकपा ९एकीकृत समाजवादी० मा पनि किसान श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाएको विषयमा तीव्र असन्तुष्टि बढेको छ। नयाँ पार्टी गठनदेखि केपी ओलीविरुद्ध आक्रामक नेता मेटमणि चौधरीले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन्।  

अन्यायविरुद्ध संघर्ष गर्छुः प्रदीप यादव

जनता समाजवादी पार्टीमा पनि असन्तुष्टि तीव्र बन्दै गएपछि शनिबार अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरिएको छ। मन्त्री बन्ने सूचीमा रहेका पर्साका सांसद प्रदीप यादवको नाम अन्तिममा हटाएको भन्दै अध्यक्ष यादवको पुतला जलाइएको छ। 

पर्साबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सांसद प्रदीपको नाम मन्त्रीको सूचीबाट हटाइएपछि उनको गृहजिल्लामा अध्यक्ष यादवविरुद्ध प्रदर्शन भएको छ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा