मन्त्रालयले सामुदायिक वन आर्थिक निर्देशिका बनाउने

0501d7a444f2ec85084e0bbe6a080f1e१७ भदाै, काठमाडौ । वन तथा भू–संरक्षण मन्त्रालयले ‘सामुदायिक वन आर्थिक निर्देशिका बनाउने भएकाे छ । वन तथा भू–संरक्षण मन्त्रालयले ‘सामुदायिक वन आर्थिक निर्देशिका बनाउने तयारी गरेको हाे । सरकारले सामुदायिक वनको खर्च व्यवस्थित र आम्दानी पारदर्शी गर्न निर्देशिका बनाउने तयारी गरिएकाे जानार्इएकाे छ ।

वन विभागले सामुदायिक वन उपभोक्ता समूहले खर्च कसरी गर्छ भन्ने विषयमा आँकडा नभएकाले आर्थिक स्रोतलाई पारदर्शी तथा व्यवस्थित बनाउन निर्देशिका बनाउने तयारी भएको वन विभागले जनाएको छ । आर्थिक निर्देशिका स्वीकृत भएपछि खर्च पारदर्शी र स्थानीयस्तरमा समेत सरलीकृत हुने विभागको भनाइ छ ।

विभागअन्तर्गत सामुदायिक वन महाशाखाका प्रमुख अनुपराज शर्माले अहिलेसम्म सामुदायिक वन क्षेत्रको आर्थिक आम्दानी र खर्च व्यवस्थित बनाउने कुनै नीति नभएकाले ‘सामुदायिक वन आर्थिक निर्देशिका बनाउने तयारी भइरहेको बताए ।

“देशभर करिब १९ हजार सामुदायिक वनले प्रत्यक्ष रूपमा कारोबार गर्छन्, तर आम्दानी र खर्चका विषयमा स्पष्ट रूपमा बाहिर आउन सकेको छैन,” उनले भने, “सामुदायिक वनको आर्थिक कारोबार व्यवस्थित गर्न निर्देशिका बनाउने तयारी गरेका हौं, तर हामीले कारोबार नियन्त्रण गर्न खोजेका छैनौ व्यवस्थित मात्रै गर्न लागेका हौं ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट