मन्त्रालयले नै दियो खानेपानीको हाहाकार हुने चेतावनी

२१ माघ काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले पाइपहरु मर्मतका लागि ३१ करोड नपाए एक हप्तामा काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी दिएको छ ।Bikash-Samiti

 

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायका अनुसार सडक विस्तारका क्रममा टुटेफुटेको पाइपमर्मत गर्न ३१ करोड रकम आवश्यक पर्ने देखिएको छ ।

सरकारलेे यो रकम तुरुन्तै उपलब्ध गराएमात्रै तत्काल पाइप मर्मत गरी पानी पठाउन सकिने उपाध्याय बताउँछन् । शुक्रबार विकास समितिको बैठकमा सचिव उपाध्यायले भने, ‘काठमाडौंमा रहेका सडकको मुनी रहेका ५५ प्रतिशत पाइपहरु अहिले टुटफुट तथा बिग्रेका छन् । तिनलाई मर्मत गर्नपर्ने छ, ३१ करोड रकम आवश्यक छ तर, रकम उपलब्ध छैन ।’

सडक विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका निकायले सडक विस्तारका क्रममा धेरै ठाउँमा पाइप काटेको उनले जानकारी दिए। ‘मर्मत गर्न एक साताभित्र सरकारले ३१ करोड नदिने हो भने काठमाडौंमा खानेपानीको हाहाकार मच्चिनेवाला छ’ उपाध्यायले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने