मनमोहन अस्पतालमा मृगौला झिकेको विषय संसदमा पुग्यो, छानविन हुनुपर्ने माग

samsad

२३ असार, काठमाडौं । सासंंदहरुले मनमोहन अस्पतालमा पत्थरीको अपरेसन गर्दा मृगौला झिकेको विषयमा छानविन हुनुपर्ने बताएका छन् । संसदको शुक्रबारको बैठकमा उनीहरुले मानिसले बाँच्नका लागि भनेर जाने अन्तिम स्थानमा नै अंग निकालिदिने कुराले सिंगो स्वास्थ्य क्षेत्रको नै बदनाम हुने भन्दै त्यसको छानबिन गरी भविष्यमा त्यस्ता घट्ना नहोरिने अवस्थाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका हुन् ।

कांग्रेस सांसद् रामहरी खतिवडाले प्रतिष्ठित नेता मनमोहन अधिकारीका नाममा खोलिएको अस्पतालमा बिरामीको किड्नी झिकिएको विषय बाहिर आएको भन्दै प्रतिष्ठित व्यक्तिलाई बदनाम गर्न नहुने बताए ।

मनमोहन घट्ना नुवाकोटका शिव रिमाल र मनमोहन अस्पतालको विषय मात्र नभए सिंगो स्वास्थ्य क्षेत्रलाई नै बदनाम गर्ने विषय भएको भन्दै यसको छानविन आवश्यक भएको उनको भनाई छ । माओवादीका सांसद रामनारायण विडारीले मनमोहन घट्नाले स्वास्थ्य क्षेत्रमाथि जनआस्था नै टुट्ने खतरा भएको भन्दै त्यसको निस्पक्ष छानविन आवश्यक भएको बताए ।

उनले अस्पतालको भनाईले नै केही गडबड संकेत गरेको भन्दै त्यही कारण निष्पक्ष छानविन आवश्यक भएको बताए । बिडारीले भविष्यमा यस्ता घटना हुन नदिन र मानिसले अन्तिम भरोसा गर्न जाने अस्पतालहरुप्रति जनताको आस्था टुट्न नदिन पनि निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न आवश्यक रहेकोमा जोड दिए ।

 

२३ असार, काठमाडौं । सासंंदहरुले मनमोहन अस्पतालमा पत्थरीको अपरेसन गर्दा मृगौला झिकेको विषयमा छानविन हुनुपर्ने बताएका छन् । संसदको शुक्रबारको बैठकमा उनीहरुले मानिसले बाँच्नका लागि भनेर जाने अन्तिम स्थानमा नै अंग निकालिदिने कुराले सिंगो स्वास्थ्य क्षेत्रको नै बदनाम हुने भन्दै त्यसको छानबिन गरी भविष्यमा त्यस्ता घट्ना नहोरिने अवस्थाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका हुन् । कांग्रेस सांसद् रामहरी खतिवडाले प्रतिष्ठित नेता मनमोहन अधिकारीका नाममा खोलिएको अस्पतालमा बिरामीको किड्नी झिकिएको विषय बाहिर आएको भन्दै प्रतिष्ठित व्यक्तिलाई बदनाम गर्न नहुने बताए । मनमोहन घट्ना नुवाकोटका शिव रिमाल र मनमोहन अस्पतालको विषय मात्र नभए सिंगो स्वास्थ्य क्षेत्रलाई नै बदनाम गर्ने विषय भएको भन्दै यसको छानविन आवश्यक भएको उनको भनाई छ । माओवादीका सांसद रामनारायण विडारीले मनमोहन घट्नाले स्वास्थ्य क्षेत्रमाथि जनआस्था नै टुट्ने खतरा भएको भन्दै त्यसको निस्पक्ष छानविन आवश्यक भएको बताए । उनले अस्पतालको भनाईले नै केही गडबड संकेत गरेको भन्दै त्यही कारण निष्पक्ष छानविन आवश्यक भएको बताए । बिडारीले भविष्यमा यस्ता घटना हुन नदिन र मानिसले अन्तिम भरोसा गर्न जाने अस्पतालहरुप्रति जनताको आस्था टुट्न नदिन पनि निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी