मध्य अफ्रिकामा द्वन्द्वका कारण नब्बे हजार विस्थापित – राष्ट्रसङ्घ

united-nationsजेनेभा (स्विट्जरल्यान्ड), १६ जेठ । मध्य अफ्रिकामा विभिन्न विद्रोही समूहबीच भएको झडपपछि करिब एक महिनाको समयमा ९० हजार मानिस विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी मामिला हेर्ने संस्था (यूएनएचसीआर) ले मङ्गलबार जनाएको छ ।

यूएनएचसीआरको जेनेभास्थित कार्यालयले विस्थापितमध्ये करिब ६८ हजार स्वदेशमै विभिन्न स्थानमा विस्थापित भएका छन् भने २० हजारभन्दा बढी कङ्गोमा पुगेको बताइएको छ ।

मध्य अफ्रिकी गणतन्त्रमा विस्थापितमध्ये कैयौँ मानिस खुल्ला आकाशमुनि रात बिताउन बाध्य छन् भने केहीले आफन्त कहाँ शरण लिएका छन् भने केही अस्थायी शिविर बनाएर बस्दै आएका छन् ।

पछिल्ला केही हप्ता यता अफ्रिकी गणतन्त्रका विभिन्न (प्रिफेक्चर) क्षेत्र तथा स्थानहरुमा स्थानीय समुदायबीच भएका द्वन्द्वका कारण विस्थापित बनेका हुन् ।

ब्राइया प्रिफेक्चरबाट मात्र करिब ४१ हजार अफ्रिकी जनता हिंसापछि घर छोडेर जीवन रक्षाका लागि विस्थापित भएका यूएनएचसीआरले जनाएको छ ।

यो समयमा सयौँको सङ्ख्यामा महिला, बालबालिका तथा बुढाबुढीको मृत्यु भएको छ ।

राष्ट्रसङ्घका प्रतिनिधिले दिएको जानकारी अनुसार सो क्षेत्रमा विस्थापित समुदायलाई खाद्यान्नलगायत अति आवश्यकीय मानवीय सामग्रीको समेत अभाव भएको जनाएका छन् । यूएनएचसीआरका अनुसार मध्य अफ्रिकामा करिब पाँच लाख नागरिक आन्तरिक रुपमा विस्थापित बनेका छन् ।

द्वन्द्वका कारण एक लाख दुई हजारमध्ये अफ्रिकी नागरिकले कङ्गोमा शरणार्थी जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी