मध्यरात ललितपुरमा उदायो काँग्रेस

chiribabu-maharjanजेठ १०, काठमाडौं – अन्ततः ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका gita-satyalचिरीबाबु महर्जन मेयर पदमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३ सय २६ मतको फरकले पछि पार्दै ललितपुर
महानगरपालिकाको मेयर बन्न सफल भएका छन् ।

मंगलबार राति साढे १ बजे घोषणा गरिएको अन्तिम मतपरिणमको नतिजाअनुसार महर्जनले २४ हजार ६ सय ४२ मत पाए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत छ ।  तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत पाए ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्। एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १०५४७ मत प्राप्त गरे ।

मतगणनाको सुरुमा यहाँ एमालेका व्यञ्जनकारले नै अग्रता लिइरहेका थिए। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महर्जनले वडा नम्बर ११ को गणनाबाट व्यञ्जनकारलाई पछि पारेका हुन्।

२९ वटा वडा रहेको ललितपुरमा २८ वटा वडाको मतपरिणाम आउँदा नेपाली कांग्रेसले ३४९ मतको अग्रता लिएको थियो । यसैगरी एमालेले महालक्ष्मी नगरपालिका र महांकाल गाउँपालिका जितेको छ । महालक्ष्मी नगरपालिकाको प्रमुखमा रामेश्वर श्रेष्ठ र उपप्रमुखमा निर्मला थापा तथा महांकाल गाउँपालिका अध्यक्षमा रामचन्द्र दाहाल र उपाध्यक्षमा कमला तामाङ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने