मधेसी मोर्चालाई चुनावमा ल्याउने ‘अन्तिम’ प्रयास, दिनभर बैठकै बैठक

Government-Madhesi-Morcha-Meeting-768x347

८ बैशाख, काठमाडौं । आन्दोलनको तयारीमा रहेको मधेसी मोर्चालाई चुनावमा ल्याउने अन्तिम प्रयास सुरु भएको छ । आज दिनभरमा कुनै सहमति नभए आफहरु भोलि मधेस झर्ने मोर्चाका नेताहरुले बताएका छन् ।

मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गरेर राष्ट्रिय जनता पार्टी गठन गरेको भोलिपल्ट शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्तामा बोलाएका थिए ।

कांग्रेस शीर्ष नेताहरु समेत सहभागी भएको बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुसामू सरकारले ल्याएको संविधान संशोधन विधेयक र स्थानीय चुनावबारे तपाईहरुको धारणा के हो भनेर प्रश्न गरेका थिए ।

मोर्चाका नेताहरुले संशोधन विधेयकमा आफूहरुको चित्त नबुझेको भन्दै परिमार्जनको माग गरे । मधेसी मोर्चा एवं जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भने, ‘धारा ७, २७४ र आयोग गठनमा हामीलाई चित्त बुझेको छैन । यसलाई परिर्माजन गरी जनताले केही पाउँछन् भन्ने सुनिश्चित हुन्छ कुरा मिल्छ ।’

उनीहरुले संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बटमलाइन भएको बताएका छन् ।

माओवादी नेता वर्षमान पुन अनन्तले बालुवाटार बैठक सकारात्मक रहेको प्रतिक्रिया दिए ।

‘संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने, मोर्चा निर्वाचनमा आउने र त्यसका लागि सरकारले यी दुबै कामलाई सँगसँगै अघि बढाउने प्रस्ताव राखिएको छ । त्यसमा मोर्चा सकारात्मक देखिएको छ,’ बैठकपछि नेता पुनले भने ।

दिनभर बैठकै बैठक

बालुवाटार बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएनन् । उनको दलबाट वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

मधेसी मोर्चाका नेताहरु संशोधन विधेयक परिमार्जनको पक्षमा देखिएपछि संघीय समाजवादी फोरमका नेताहरुले पनि सहमतिको पक्षमा देखिएका छन् ।

तर, मधेसी मोर्चाका नेताहरुका अनुसार भोलि मधेस झर्ने भएकाले सहमतिका लागि आज ‘अन्तिम दिन’ हो । ‘आज हाम्रो अन्तिम दिन हो । भोलि हाम्रो कार्यक्रम भएकाले आज केही भएन भने कार्यक्रमका लागि मधेसतिर जान्छौं,’ मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले भनेका छन् ।

मधेसी मोर्चाका नेताहरुले भोलि राजधानी छाड्ने भएपछि आज लगातार बैठक राखिएको छ ।

मधेसी मोर्चाले माग गरेको परिमार्जनबारे धारणा बनाउन दिउँसो ३ बजे सत्तारुढ दलहरुको बैठक राखिएको छ । मधेसी मोर्चाका नेताहरुलाई ५ बजे फेरि बोलाइएको छ ।

‘अहिलेको छलफल हेर्दा संविधान संशोधन प्रस्तावमा केही जरुरी परिमार्जन गर्नुपरे त्यसलाई पनि छलफल गरेर हाउसमा लिएर जाने र स्थानीय तहको निर्वाचन पनि सँगसँगै अगाडि लैजान सकारात्मक छलफल भएको छ,’ नेता वर्षमान पुनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने