जेठ १२, काठमाण्डाै । सद्भावको सन्देश दिँदै काठमाडौंको तारकेश्वर नगरवासीले मधेसमूलकी उक महिलालाई जनप्रतिनिधि चुनेका छन्। यसले मधेस र पहाडीयाबीचको तिक्ततायुक्त होइन, सौहार्दपूर्ण सम्बन्ध छ भन्ने थप पुष्टि भएको छ। तारकेश्वर नगरपालिका-४ का मतदाताले मधेसीमूलकी महिला आशिया ठाकुर विश्वकर्मालाई सदस्यमा जिताएका हुन्।
वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट दलित महिला सदस्य उम्मेद्वार बनेकी उनी ५८५ मतसहित विजयी भएकी हुन्। ठाकुर रौतहटको प्रेमपुरगाइनामा जन्मिएकी हुन्। रौतहटको औरैयाका नगेन्द्रप्रसाद विश्वकर्मासँग ११ वर्षकै उमेरमा विवाह भएपछि उनी काठमाडौं आएकी हुन्।
विद्युत प्राधिकरणमा काम गर्ने श्रीमानसँगै काठमाडौं आएकी ठाकुर सुरूमा गृहीणी भएर बसिन्। डेरामा बसिरहन झिँजो लागेपछि उनले सिलाई बुनाई सिकिन र स्वेटर, टोपी पञ्जालगायतका सामान बनाउन थालिन्। अाजकाे नागरिक दैनिकमा खबर छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।