१९ चैत, विराटनगर । नेपाली कांगे्रसका सभापति शेरवहादुर देउवाले मधेसी जनतालाई गाली गर्दैमा एमाले पार्टी राष्ट्रवादी पार्टी हुन नसक्ने बताएका छन् । एमालेले विना कारण मधेसी र पहाडीबीच मतभेद सृजना गरेर दलहरुबीच अविश्वासको वातावरण बनाएको उनको आरोप छ ।
कांग्रेस मोरङको सातौं जिल्ला सम्मेलनलाई बिराटनगरमा सम्वोधन गर्दै सभापति देउवाले भने, ‘एमालेकै कारण नै दलहरुवीच अविश्वासको दुरी वढेको छ ।’
उनले अघि भने, यही कारण मुलुक गम्भीर संकटमा फस्न लागेको छ ।
उनले मधेसी जनतालाई गाली गर्दैमा एमाले राष्ट्रवादी पार्टी हुन नसक्ने वताए । सवैलाई मिलाएर लाने पार्टी मात्र राष्ट्रवादी पार्टी हुने भन्दै पूर्व प्रधानमन्त्री देउवाले भने, ‘वर्षौदेखि मिलेर वसेको समाजलाई खलबल्याउने एमाले पार्टी हो । यो कुनैपनि हालतमा राष्ट्रवादी पार्टी हुन सक्दैन ।’
एमालेप्रति आक्रामक रुपमा प्रस्तु भएका देउवाले भने, मधेसका जनतालाई नै अविश्वास नगर्ने एमाले कसरी राष्ट्रवादी पार्टी हुनसक्छ ?
एमालेले राष्ट्रवादीको नाममा देशलाई विखण्डनतर्फ धकेल्न खोजेको देउवाको आरोप थियो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।