January 23, 2022

मधेसले सच्यायो राजपत्रको निशान छापमा भएको त्रुटि

मधेश प्रदेशले स्थायी नाम र राजधानी तोकेको सूचना जारी गरेको राजपत्रमा नेपालको पुरानै नक्सा प्रयोग भएकोमा नयाँ सूचना निकालेर त्रुटि सच्याएको छ।

माघ ३ गते प्रदेशले नाम मधेश र राजधानी जनकपुरधाम प्रदेशसभाबाट तोकेको थियो।

उक्त जानकारी राजपत्रमा माघ ३ मै प्रकाशित थियो।

राजपत्रमा पुरानै नक्सा परेपछि मधेश प्रदेश सरकारको आलोचना भएको थियो। उक्त आलोचनापछि आज प्रदेश सरकारले त्रुटि सच्याएको छ।

सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले भुलवश हुन गएको प्राविधिक त्रुटि सच्याइएको बताएका छन्।

राजपत्रमा नयाँ नक्सासहितको निशान छाप राखेर नयाँ सूचना छापिएको हो।

यसअघि प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले भुलवश पुरानो नक्सा पर्न गएकोले सच्याउने बताएका थिए।

राजपत्रमा पहिले छापिएको सूचनामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नभएको निशान छाप उल्लेख थियो। अहिले यी भूमि समेटिएको नक्सा भएको निशान छाप सहित राजपत्रमा सूचना निकालिएको छ।

त्रुटि सच्याएकोको सूचना

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी