February 17, 2017

मधेश नफेरेसम्म नेपालमा लोकतन्त्र कमजोर हुने :भारतीय कुटनीतिज्ञ

 जनकपुर आएर भारतीय कुटनीतिज्ञले ‘मधेश नफेरेसम्म नेपालमा लोकतान्त्र कमजोर हुने’ चेतावनी दिएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ छापेको छ ।

निर्वाचन हुनेमा एमाले सशंकित भएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले बहुविवाह गर्नेलाई महिना दिनमै उन्मुक्ति दिएको समाचारलाई एंकर बनाएको छ ।

नयाँ पत्रिका दैनिकमा पाँच दिनभित्र निर्वाचन घोषणा हुने समाचार महत्वका साथ छापिएको छ ।

नागरिक दैनिकले पहिलो चरणमा पहाडी जिल्लाहरुमा स्थानीय निर्वाचन गर्ने तयारी भएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रसंघले नेपाल सरकारलाई फेरि दाता सम्मेलन गर्न सुझाव दिएको समाचारलाई प्राथमिकता दिएको छ ।

मेक्सिकोमा तीन सय नेपाली अलपत्र परेको समाचारलाई कान्तिपुर दैनिकले खास महत्वका साथ छापेको छ ।

नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक प्रक्रियामा लगेर मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने निर्णय गरेको समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले परराष्ट्रमन्त्री प्रकाशशरण महतले युरोपेली आयोगसँग हवाई सुरक्षामा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको समाचारलाई पनि प्राथमिकता दिएको छ ।

नेपाल समाचारपत्र दैनिकमा एमालेले विदशी हस्तक्षेप बढेको निष्कर्ष निकालेकोलाई मुख्य समाचार बनाएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने