December 20, 2017

मधुमेहले कसरी आँखामा हान्छ?

 
 

काठमाडौँः मधुमेहले दृष्टि समेत गुम्छ भन्ने त्यस रोगबाट ग्रसित धेरैलाई थाहा नहुन सक्छ।

प्रायः मधूमेहका बिरामीले मलाई केही भएको छैन भनेर सोचेका हुन्छन्। त्यसैले उनीहरु अरु अंगको जाँच गर्न जाँगर चलाउँदैनन्। तर, चिकित्सक भन्छन्, मधूमेह भएकाहरुमा सबैभन्दा धेरै दृष्टि गुम्ने खतरा हुन्छ।

तिलगंगा आँखा प्रतिष्ठानकी रेटिना स्पेसलिस्ट डा.रबा थापाका अनुसार अरु सामान्य मानिस भन्दा दुई गुना बढी मधूमेह भएकाहरुमा दृष्टि गुम्ने जोखिम हुन्छ। मधूमेहका कारण दृष्टि गुम्ने बिरामीको संख्या बढ्दै गइरहेको डा.थापाको आँकलन छ।

किन दृष्टि गुम्ने खतरा?
मधूमेहका कारण आँखाको भित्री पर्दामा चिल्लो उत्पन्न हुनुका साथै रेटिनाको रगतका नसाहरुमा रक्तश्राव हुन्छ। त्यसैका कारण मधूमेह रेटिनोप्याथी या आँखाको दृष्टि गुम्ने खतरा रहन्छ। त्यसैले मधूमेह पुष्टि हुनासाथ आँखाको पनि जाँच गर्नुपर्ने चिकित्सकको सल्लाह छ। मधूमेह भएका बिरामीलाई आँखा सम्बन्धी अन्य रोग उत्पन्न हुने जोखिम पनि हुन्छ।

दृष्टि कसरी बचाउने?
दृष्टि बचाउन मधुमेह भएका बिरामीले नियमित जाँच गराउनुपर्ने डा. रबा बताउँछिन्। चिनीको मात्र नियन्त्रणमा राख्न औषधि खानुपर्ने नियमित खानुपर्छ। साथै सन्तुलित खानालाई प्राथमिकता दिनुपर्छ। विशेषगरी आइरन धेरै हुने हरियो सागपात, फलफुल खाने तर कार्बोहाइडे«डयुक्त खाना कम गर्नुपर्छ। धूमपान र मध्यपानबाट टाढै रहनुपर्छ। गर्भवती महिलाले मधूमेहको नियमित जाँच गर्नुपर्छ। यदि उनीलाई मधूमेह देखिएमा नियन्त्रण गरेर दृष्टि बचाउन सकिने डा. थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि