मतदाता कहाँ कति ? कहाँ सबैभन्दा बढी र कहाँ सबैभन्दा कम ?

nirwachan-aayog-nepal-electionकाठमाडौँ, २० कात्तिक ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६ निर्वाचन क्षेत्र रहेको मोरङमा सबैभन्दा बढी मतदाता छन् ।  निर्वाचन क्षेत्रका हिसाबले १० वटा क्षेत्र रहेको काठमाडौँभन्दा मोरङमा ४१ हजार ३११ मतदाता बढी छन् ।
सबैभन्दा कम मतदाता मनाङमा छन् ।  यसपटक निर्वाचन आयोगले मताधिकार प्राप्त एक करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली तयार पारिसकेको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार मोरङमा ६ लाख ४४ हजार ७८३ मतदाता छन् ।  मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् ।  सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा ६ लाख तीन हजार ४७२
मतदाता छन् ।
काठमाडौँमा दस निर्वाचन क्षेत्र छन् ।  तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा दुई लाख २८ हजार ३३९ मतादाता छन् ।  दुई लाख ३३ हजार ५०५ मतादाता रहेको धादिङमा दुई निर्वाचन क्षेत्र छन् ।  भक्तपुरमा एक लाख ७८ हजार ९९ मतदाता छन् ।
झापामा चार लाख पाँच हजार २३६ मतदाता छन् ।  सुनसरीमा चार लाख ७४ हजार ३०८ मतदाता छन् ।  झापामा पाँच र सुनसरीमा चार निर्वाचन क्षेत्र छन् ।  तीन लाख ५४ हजार ४० मतदाता रहेको चितवनमा तीन निर्वाचन क्षेत्र छन् ।  पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा पाँच लाख २२ हजार ६०२ मतदाता छन् ।
प्रदेश २ का सबै जिल्लामा चार÷चारवटा निर्वाचन क्षेत्र छन् ।  जहाँ धनुषामा सबैभन्दा बढी मतदाता छन् ।  धनुषामा चार लाख चार हजार ६७४ मतदाता छन् ।  आठ जिल्लामध्ये सबैभन्दा कम मतदाता पर्सामा दुई लाख ८९ हजार ५४ छन् ।
सबैभन्दा कम मतदाता मनाङमा छन् ।  मनाङमा पाँच हजार ८८१ मतदाता छन् ।  मुस्ताङमा नौ हजार ४२७ मतदाता छन् ।  मनाङ र मुस्ताङ दुवैमा प्रतिनिधिसभामा एक/एक र प्रदेशसभामा दुई/दुई क्षेत्र छन् ।  रुकुम पूर्वमा २७ हजार ९२८ मतादात छन् ।  एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३८ मतदाता छन् ।  हुम्ला, जुम्ला, मुगु, जाजरकोट, कालीकोट लगायतका जिल्लामा मतदाता एक लाखभन्दा कम छन् ।  सबै जिल्लामा एक/एक
निर्वाचन क्षेत्र छन् ।
प्रदेश ७ का तीन जिल्ला बाजुरा, डडेलधुरा र दार्चुलामा मतदाता एक लाखभन्दा कम छन् ।  बाजुरामा ६९ हजार ८३४, डडेलधुरामा एक हजार ३७५ र दार्चुलामा सात हजार ५१३ मतदाता छन् ।
सबैभन्दा बढी मतदाता प्रदेश ३ मा
प्रदेशअनुसार सबैभन्दा बढी मतदाता प्रदेश ३ मा छन् ।  प्रदेश ३ मा ३० लाख ७४ हजार ३८४ मतदाता छन् र सबैभन्दा कम मतदाता प्रदेश ६ मा छन् ।  प्रदेश ६ मा आठ लाख ४६ हजार ९४१ मतदाता छन् ।  प्रदेश १ मा २९ लाख ९३ हजार ७७४ मतदाता छन् ।  प्रदेश २ मा २७ लाख ६७ हजार ३७५ मतदाता छन् ।  प्रदेश २ मा प्रतिनिधिसभामा ३२ निर्वाचन क्षेत्र छन् ।
निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार प्रदेश ४ मा १५ लाख ६८ हजार ९२४ मतदाता छन् ।  प्रदेश ५ मा २७ लाख ४० हजार ८६४ मतदाता छन् ।  प्रदेश ७ मा १४ लाख ३५ हजार ६७३ मतदाता छन् ।
तेस्रोलिङ्गी मतदाता १६७
आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको मतदाताको अद्यावधिक विवरणअनुसार तेस्रोलिङ्गी मतदाता १६७ जना छन् ।  कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६२७ पुरुष मतदाता छन् भने महिलाको सङ्ख्या ७६ लाख ५१ हजार १४१ छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने