May 13, 2017

मतदाताको माग : पानी, बाटो र औषधि देऊ

३० वेशाख , भक्तपुर – भक्तपुरको दक्षिण भेगमा रहेका सूर्यविनायक नगरपालिकाका मतदाताले गाउँ आएका उम्मेदवारसँग पानी, बाटो र औषधिको माग गरेका छन् । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि गाउँ आएका उम्मेदवारसँग उनीहरुले सो माथ गरेका हुन् ।  गाउँ मै आफ्ना अधिकार आउने भएपछि मतदान गर्ने पर्खाइमा रहेका यहाँका मतदाता भने गाउँ आएका उम्मेदवारलाई आफ्नो समस्या सुनाउँदै पूरा गराउने वाचा गराएका छन् । सूर्यविनायक नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसबाट विष्णुराज कार्की, नेकपा (एमाले)बाट वासुदेव थापा, नेकपा (माओवादी केन्द्र)बाट जीवन तज, राप्रपाबाट प्रवीण शर्मा ढुङ्गेल, नेमकिपाबाट मनशोभा सुवाल, सङ्घीय समाजवादी फोरमबाट नारायणकृष्ण थापा, नेकपा (माले)बाट ज्ञानीराम च्वामु श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट रमेश बन्जाडे, राष्ट्रिय जनमुक्ति पार्टीबाट दिलबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार सानुकाजी छुँ श्रेष्ठ गरी १० जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी उपप्रमुख पदमा काँग्रेसबाट कल्पना राजथला, एमालेबाट जुना बस्नेत, माओवादी केन्द्रबाट पूण्यवती चौलागाईं, राप्रपाबाट जयन्ती बूढाथोकी, नेमकिपाबाट महेन्द्र बखुन्छे, सङ्घीय समाजवादी फोरमबाट दिना लामा, नेकपा मालेबाट वीणा श्रेष्ठ गरी सात जनाले उम्मेदवारी दिएका छन् । मत माग्नका लागि घरघरमा आएका उम्मेदवारलाई स्थानीयबासिन्दाले आफ्ना समस्या सुनाउँदै समस्या समाधान गर्न नसक्नेलाई मत नदिने बताएका थिए । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारका बासिन्दाले काँग्रेस र एमालेका नगरप्रमुखका उम्मेदवारलाई यस क्षेत्रमा खानेपानीको निकै नै समस्या परेकाले पानी दिलाई दिन माग गरेका थिए ।

जवाफमा काँग्रेस र एमालेका उम्मेदवार क्रमशः कार्की र थापाले सिरुटारमा छ महिनाभित्र पानी ल्याइदिने वचन दिएको स्थानीय भूपाल गिरीले बताउनुभयो ।

मत माग्न घरदैलो कार्यक्रममा गएका नेतासँग सिपाडोल र नंखेलका बासिन्दाले भने पक्की सडक, औषधि र सर्वसुलभ शिक्षाको माग गरेका छन् । सिपाडोल पाटी भञ्ज्याङकी सर्मिला लामाले पक्की सडक नहुँदा भक्तपुरको बजार जान पनि तीन घण्टा हिँडेर ओहोरदोहोर गर्नुपर्ने समस्या भएकाले पक्की बाटो बनाइदिन माग गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काँग्रेस, एमाले, राप्रपा, नेमकिपा, माओवादीका नेताहरु मत माग्न आए हामीले बाटो, औषधि र शिक्षा माग्याैँ ।” यहाँका बासिन्दा माध्यामिक तहमा पढ्न र बिरामी भएर औषधि गर्न जानु पर्दा दुई घण्टासम्म हिँडेर काभ्रे वा भक्तपुर जानुपर्ने भएकाले यस्तो माग गरेका हुन् ।

सूर्यविनायक नगरपालिकाको बालकोट, सिरुटार, दधिकोटको केही क्षेत्र र सूर्यविनायकको केही क्षेत्रमा खानेपानीको चरम अभाव छ भने अधिकांश क्षेत्रमा पक्की सडक पुग्न सकेको छैन । नगरपालिकाको गुण्डु, सिपाडोल, दधिकोट, नंखेलका माथिल्लो क्षेत्र निकै नै दुर्गम रहेकाले कतिपय दलका नेताहरु यस क्षेत्रमा भोट माग्नसमेत नगएको मतदाताले गुनासो गरेका छन् ।

कुल ४२ दशमलव ४५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा १० वटा वडामा ७८ हजार ४९० जनसङ्ख्या छन् । २३ स्थानमा ४९ वटा मतदान केन्द्र रहेको यस नगरपालिकामा ३७ हजार ९५७ मतदाता छन् । पुरुषभन्दा महिला मतदाता सङ्ख्या केहि बढी छन् । २५ हजार ५८८ पुरुष र २७ हजार ३४२ महिला मतदाता छन् ।

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनअनुरुप साविक सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिकालाई गाभेर सूर्यविनायक नगरपालिका भएको यो नगरपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकिय दृष्टिकोणले सम्भावना बोकेको नगर हो । ९६ दशमलव ३२ प्रतिशत साक्षर रहेको यस नगरपालिकामा नौ वटा माध्यामिक र आधारभूत तहका ३१ सामुदायिक विद्यालय छन् । कूल १२ प्रतिशत नागरिक गरिबीको रेखामुनी रहेका यस नगरपालिकाको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशत रहेको छ ।

नगरका सबै राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा बहुवार्षिक योजना अनुरुप सात वटा सामुदायिक वन क्षेत्र ओगटेर निर्माण सुरु भइसकेको राष्ट्रिय प्राणी उद्यानलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी