९ पुस : भ्रष्टाचारको अभियोगमा जेल पुगेका साउदी राजकुमार अलवालेद बिन तलालसँग साउदी अरबका अधिकारीहरुले ६ अर्ब डलरभन्दा बढी धरौटी मागेका छन् । झण्डै ६ खर्ब रुपैयाँभन्दा बढी धरौटी मागिएको साउदीमा यो पहिलो घटना हो ।
यसअघि नोभेम्बरमा पक्राउ परेका केही साउदी राजकुमारहरु ठूलो रकम धरौटी बुझाएर रिहा भइसकेका छन् । तलाल भने अहिलेसम्म जेलमै छन् । ६२ वर्षीय तलाल विश्वकै धनीको सूचिमा छन् । एक जर्नलले सार्वजनिक गरेको अर्बपतिको सूचिमा उनी ५७औं नम्बरमा छन् । उनीसँग १८ बिलियन सम्पत्ति रहेको अनुमान गरिएको छ ।
यदि उनले धरौटी बुझाउन पर्यो भने ९ बिलियन डलर बराबर मूल्य रहेको उनको होल्डिङ कम्पनीको ठूलो हिस्सा सुम्पनुपर्ने हुनसक्छ । जेलबाट छुट्नका लागि वालेदले एउटा सम्झौता गर्ने प्रयास गरिरहेको केही सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।
साउदीमा भ्रष्टाचारको आरोपमा विशिष्ट व्यक्तिहरु अहिले पनि जेलमा छन् । एजेन्सी
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण