दिल्लीको सीलमपुर इलाकामा विहेको ठिक एकदिन पहिला छोरीले यस्तो काम गरिन जसलाई देखेर आमा दंग परेकी छिन् । पाहुनाले भरिएको घरमा आमाले आफ्नी छोरीलाई कोठा भाडामा लिएर बस्ने ‘किराएदार’ युवकसँग आपत्तिजनक अवस्थामा फेला पारेकी हुन् ।
युवतीकी आमा काम सकेर जब घर फर्किइन तब उनले आफ्नी छोरीलाई भाडामा बस्ने युवकसँग आपत्तिजनक हालतमा फेला पारिन् । घरबेटी आमा देखेपछि भाडामा बस्ने युवक तुरुन्तै भाग्न सफल भए तर, रिसको आवेशमा आफूलाई सम्हाल्न नसकेर आमाले पुरै रिस छोरीमाथि पोख्दै सिरानीले घाटी च्यापेर हत्या गरिदिइन् ।
प्रहरीले यो घटनाको जानकारी तब पायो जब आरोपी आमा र उनका छोरा युवतीको शवलाई लिएर लोक नायक अस्पताल पुगे । उनीहरुले अस्पतालमा छोरीले आत्महत्या गरेको दाबी गरेका थिए तर, अस्पतालको चेकजाँचपछि हत्या भएको पुष्टि भयो ।
प्रहरीले भनेको छ कि– युवतीलाई मारेपछि आमाले सबभन्दा पहिला आफ्नो छोरालाई यो घटनाबारे जानकारी गराएकी थिइन् । प्रहरीले मुद्दा दर्ता गरेर आरोपी आमा र छोरालाई गिरफ्तार गरेको छ ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै