काठमाडौँ, १९ मंसिर । ‘चाची आहा सब भोट गिराब त जायछिय नै’, जनकपुर उपमहानगरपालिका–२१ कुर्थाटोलको चौरमा स्वयंसेविका जानकीकुमारी नायक आइतबार मतदातालाई शिक्षा दिइरहेकी थिइन्।
स्थानीय वृद्धा ध्यानपूर्वक मतदान गर्ने तरिका सिकिरहेकी थिइन्। दुई स्वयंसेविकाले मतदातालाई तीनवटा मतपत्रमा चार ठाउँमा छाप लगाउनेबारे बताए।
रातो रंगको मतपत्र रातै बाकसमा, हरियो रंगको हरियोमै र कालो रङको कालै बाकसमा खसाल्ने तरिका सिकाए। ती दुवै स्वयंसेविकालाई हामीले ती मतपत्रको भिन्नताबारे सोध्यौं। उनीहरूले नधकाई भने, ‘थाहा छैन।’
कात्तिक २५ गतेदेखि मतदाता शिक्षा कार्यक्रममा परिचालन गर्नुअघि जिल्ला निर्वाचन कार्यालयले एक दिन स्वयंसेवक तालिम दिएको थियो ।
‘निर्वाचनमा दुई दिन दिनुपर्ने, एक दिनमै सके। झोलासोला, पेपर, पैसा सबै बाँडेर समयय खेर गयो। १० देखि ५ बजेसम्म केही सिक्नै पाइएन’, राजर्षि जनक उच्च माविकी बालविकास शिक्षिका नायकले भनिन्, ‘५०–६० जनालाई तालिम दिएको थियो।
धेरै कुरा राम्ररी सुनिएन। मनमा लागेको कुरा सोध्न पाइएन।’ सिकेको कुरा सिकाउन पनि उनीहरूलाई सहज थिएन। पुरुष मतदाता महिलासँग सिक्न चाहिरहेका थिएनन्। ‘हामीलाई थाहा छ भन्दै पन्छिनुहुन्छ, महिलामात्र भेला हुन्छन्’ नायकले सुनाइन्, ‘कतिले त पार्टीबाट आएको जाऊ भन्दै गाली गर्छन्।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।