भूकम्प प्रतिरोधी ४६ विद्यालय भवन निर्माण

पुष ०५, काठमाडौँ : जिल्लामा परराष्ट्र मन्त्रालय जापान तथा वल्र्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्रले भूकम्पपछि करोडौँको लगानीमा ४६ भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरेको छ । यो वर्ष मात्रै जिल्लाका विभिन्न विद्यालयका १० उक्त भवन निर्माण गरिएका छन् ।

makalu punarnirman

सिडिसीका परियोजना संयोजक प्रयागराज कापडीअनुसार सामुदायिक विकास केन्द्रले जिल्लाका दुर्गा आधुरभूत विद्यालय पाकरी, सरस्वती आधारभूत लामीखाल, भैरव आधारभूत विद्यालय लामीखाल, दुर्गा आधारभूत विद्यालय देहीमाडौँ, लक्ष्मी आधारभूत विद्यालय काँडी, तामेश्वर आधारभूत विद्यालय सिर्मा, कालिका आधारभूत विद्यालय कम्थडा, महाकाली माध्यमिक विद्यालय अलैतवडा र हिमालय आधारभूत विद्यालय दल्लेकमा भूकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न गरेको छ ।  

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले सामुदायिक विकास केन्द्रले भूकम्प प्रतिरोधी भवन निर्माणसँगै समग्र जिल्लाको शैक्षिक गुणस्तर विकासमा लामो समयदेखि उल्लेख्य भूमिका खेलिरहेको बताए । यसै सिलसिलामा जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई नवनिर्मित आधुनिक भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तान्तरण गरिएको छ । रु ६५ लाख ९६ हजार ३७२ को लागतमा निर्माण गरिएको दुईकोठे विद्यालय भवन आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।  

निर्माण गरिएको उक्त विद्यालय भवन भूकम्प प्रतिरोधका लागि उपयुक्त भएको वल्र्डभिजन इन्टरनेशनल नेपालका कम्युनिटी चेन्ज संयोजक देवेन्द्र गुरुङले बताउए । उक्त विद्यालयमा छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालय तथा बालमैत्री खानेपानीका धारा निर्माण गरिएका छन् । विद्यालयका प्रधानाध्यापक सुरज खड्काले नयाँ भूकम्प प्रतिरोधी भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको बताए। उक्त विद्यालयमा ३३० विद्यार्थी अध्ययनरत छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी