भुलक्कडहरुका लागि अनौठो रेष्टुराँ, जहाँ रिसाउन बन्देज छ

bhulakkad-restura

कल्पना गर्नुहोस्त, तपाइँ कुनै रेष्टुराँमा जानुहुन्छ र केही खानेकुरा अर्डर गर्नुहुन्छ । अनि एकछिन पछि वेटर आउँछ र तपाइँले अर्डर गरेको भन्दा फरक खानेकुरा ल्याएर टेबलमा राखिदिन्छ । यस्तोमा झनक्क रिस उठ्नु स्वभाविकै हो । तर एउटा यस्तो रेष्टुराँ छ जहाँ रिसाउन सख्त मनाही छ । वेटरले जुन खाना ल्याउँछ तपाइँले चुपचाप त्यहीँ खानेकुरा खानैपर्दछ ।

हजुर, खाए खा नखाए घिच् भन्ने सिद्धान्तको यो रेष्टुराँको नाम हो रेष्टुरेन्ट अफ अर्डर मिस्टेक्स ।

 

जापानको राजधानी टोक्योमा निकै चर्चित छ यो रेष्टुराँ । यो रेष्टुराँमा डिमेन्सिया अर्थात् भुल्ने रोग भएका बिरामीहरुलाई वेटरको जागिर दिने गरिएको छ ।

गत जुन २ देखि ४ सम्म यो रेष्टुराँ परीक्षणको रुपमा खोलिएकेा थियो । त्यसपछि व्यवसायिक रुपमा संचालन गरिएको रेष्टुराँमा अहिले ग्राहकको भिड लाग्ने गरेको छ । मानिसहरुले यो रेष्टुराँ खुबै मन पराएका छन् ।

रेष्टुराँका एक सेवाग्राही भन्छन् ः मलाई जब टोकियोमा यस्तो रेष्टुराँ छ भन्ने थाहा भयो तब मलाई यहाँ आउन मन लाग्यो । साँच्ची यो रेष्टुराँमा गएर सेवा लिनुको मज्जा नै बेग्लै थियो ।


यो रेष्टुराँले डिमेन्सिया भएका विरामीहरुलाई वेटरको काममा लगाएर एकातर्फ सेवाग्राहीलाई नयाँ अनुभव दिलाउने कोसिस गरेको छ भने अर्कोतिर बिरामीहरुलाई समेत आफु समाजको एक हिस्सा रहेको अनुभुति गराएको छ । साथै सेवाग्राहीलाई यो अनुभुति गराउने कोसिस पनि गरेको छ की भुलक्कडहरुसँग डिल गर्नु खासै गाह्रो कुरा होइन ।

डिमेन्सियाका बारेमा मानिसहरुमा जनचेतना जगाउने र उनीहरुप्रति समाजको धारणा सकारात्मक बनाउने यो रेष्टुराँले प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।