भित्रिन थाले पर्यटक

नेपालगञ्ज, असोज ९ः बुद्ध एयरले नेपालगञ्ज–पोखरा उडान सुरु गरेसँगै बाँके, बर्दियामा पर्यटक भित्रिने क्रम बढेको छ । भारतबाट आउने पर्यटक नेपालगञ्ज हुँदै पोखरा र बर्दिया तथा कर्णालीसम्म घुम्न जाने गरेको स्थानीय पर्यटन व्यवसायीले बताए । नेपालगञ्जबाट पोखरा हवाई यातायातमा जोडिएपछि पोखरा जाने भारतीय र पोखराबाट बर्दिया निकुञ्ज, रारा तथा सुदूरपश्चिम जाने पर्यटक बढ्दै गएको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।

उजले हवाई उडानका कारण नेपालगञ्जमा पर्यटकको चहलपहल बढेको बताउनुभयो । भारतबाट सवारीसाधनको आवागमनमा रोक लगाइएकाले अझै पनि धेरै पर्यटक आउन नसकेको गुनासो गर्दै उक्त रोक हटेपछि ठूलो सङ्ख्यामा भारतीय पर्यटक पोखरा जानका लागि यहाँ पुग्ने बताए ।

पोखरा पुग्न १२ देखि १५ घण्टाको समय लाग्दै आएकामा हवाई उडानका कारण एक घण्टामै पोखरा पुगिने हुँदा पर्यटकको रोजाइमा पोखरा, नेपालगञ्ज र बर्दिया निकुञ्ज परेको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । उनले नेपालगञ्जलाई पर्यटकको प्रवेशद्वार बनाउनका लागि यो हवाई उडान कोसेढुङ्गा साबित भएको बताए ।

यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सक्रिय नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बढीभन्दा बढी पर्यटक तान्न उडानलाई दिगो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । दैनिक उडानले चारैतिर उत्साह थपिएको उनको भनाइ छ ।

साउन १८ देखि बुद्ध एयरले सुरु गरेको नेपालगञ्ज–पोखरा हवाई उडान हाल दैनिक भइरहेको छ । उडानबाट आउनेजाने पर्यटक एवं अन्य यात्रुको सङ्ख्या बढेसँगै बुद्ध एयर पनि उत्साहित बनेको छ । बुद्ध एयरले उडानसंगै टुर प्याकेजसमेत सुरु गरेकाले धेरै पर्यटक आकर्षित भइरहेका छन् ।

पहिलो चरणमा सातामा तीन उडान सुरु गरेको बुद्ध एयरले पर्यटक बढेपछि अहिले दुवैतर्फका लागि दैनिक एक उडान राखेको बुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले बताए ।

नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाडा न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ गरी तीन किसिमको छ । विशेषगरी भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द