भिड व्यवस्थापन नगर्दा विराटनगर विमानस्थलमा सुरक्षा चुनौती

Biratnagar-Airport-2६ चैत विराटनगर । दिनहुँ व्यस्त हुने विमानस्थलहरूको सूचीमा पर्ने विराटनगर विमानस्थलको भिआइपी कक्षभित्र आइतवार ६० भन्दा बढीको संख्यामा मान्छेहरू छिराइयो । भिआइपी कक्षभित्रका सोफामा कोही बसेका थिए । नअटेका कतै उभिएका कतै एयरपोर्ट रनवे छेउँका बार तथा पर्खालमा अढेस लागेका थिए । कतिपयका हातमा फूलमाला थिए ।

सुरक्षा दृष्टिले अति संवेदनशील क्षेत्र मानिने विमानस्थलभित्र यतिको संख्यामा भीड हुनुको कारण हो( विशिष्ठ व्यक्ति ९नेता तथा सत्तासीन मन्त्री०हरूको स्वागत । नेतालाई विमानस्थलको रन वेसम्मै पुगेर स्वागत गर्न बानी परेका कार्यकर्ताको थेगिनसक्नु भीड जम्मा गर्ने कार्यलाई प्रहरी र विमानस्थल व्यवस्थापन समितिले ‘मौन समर्थन’ गर्ने गरेका छन् । यहीकारण विमानस्थलको सुरक्षा व्यवस्था लथालिंग बन्न थालेको छ ।
कसलाई र कतिसम्म जनशक्तिलाई प्रवेश दिने भन्ने कानुनी व्यवस्थाको खिल्ली उडाउँदै विमानस्थलमा भीड जम्मा हुने गरिएको छ । ‘फलानो पार्टीको कार्यकर्ता’ भन्नेवित्तिकै प्रहरीले भीआईपी कक्षभित्र छिर्न दिने प्रचलन पछिल्लो समय सामान्य जस्तै बन्दै गएको छ ।

आइतवार विहान राप्रपा नेपालका अध्यक्ष कमल थापा आउने कार्यक्रम थियो । सुनसरी र मोरङ जिल्लाका स्थानीय तह कार्यान्वयका शिलशिलमा अनुगमनका लागि थापा मन्त्री बनेपछि पहिलोपटक विराटनगर आउने कार्यक्रम थियो । उनलाई स्वागत गर्न एवं लिन मोरङ र सुनसरी जिल्लाका कार्यकर्ता र कर्मचारी विराटनगर विमानस्थल पुगेका थिए । राप्रपाका कार्यकर्ता भिआईपी कक्ष पार गर्दै विमानस्थलको धावन मार्ग नजिक ठूलो संख्यामा उपस्थित भएका थिए । कार्यकर्ताको लर्को देख्दा लाग्थो कुनै हाट बजार लागेको छ ।

यसअघिका दिनमा पनि विराटनगर विमानस्थल विषेश गरी नेपाली काग्रेस, एमाले र माओवादी केन्द्रलगायत मधेसवादी दलका नेता आउँदा सबैभन्दा बढी कार्यकर्ताको भीड जम्मा गरेर स्वागत गरिने प्रचलन विराटनगर विमानस्थलमा कायम छ ।

के छ नियम रु

भीआइपी कक्षसम्बन्धी व्यवस्थाअनुसार मर्यादाक्रममा नेपाल सरकारका सचिव वा सो सरह तथा सोभन्दा माथिका पदाधिकारी विमानस्थलबाट प्रस्थान गर्दा र आउँदा सम्बन्धित कार्यालयको पत्रका आधारमा छिर्न दिइने व्यवस्था छ । भीआइपीहरूको स्वागत तथा विदाई गर्न आउनेमध्येबाट क्षेत्रीय सुरक्षा समिति, जिल्ला सुरक्षा समिति, अञ्चलस्तरीय सुरक्षा प्रमुखहरू र भीआइपीसँग सम्बन्धित संघ(संस्थाका प्रमुखबाहेक बढीमा ११ जनाभन्दा बढीलाई छिर्न नदिइने व्यवस्था छ । तर यहाँको विमानस्थल प्रयोग गर्ने व्यक्तिलाई उसको हैसियत ख्यालै नगरी भीआईपी कक्ष प्रयोग गर्न दिइन्छ । त्यससँगै नेता भन्नेवित्तिकै ग्वारग्वारती मान्छे छिराइने गरिएको छ ।

पुरानो नजिर

२०६९ साल फागुन २४ गते बिहान नेपालीका कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला काठमाडौं फर्किने क्रममा विराटनगर विमानस्थलको भीआइपी कक्षमा प्रवेश नदिएको झोंकमा एक कार्यकर्ताले भीआइपी कक्षकै ढोकाको सिसा फोडेका थिए । प्रहरीले उनलाई तत्काल पक्राउ गरेर क्षतिपूर्ति तिरायो ।

कार्यकर्ताको भीड जम्मा गरेर आगन्तुक विशिष्ट पाहुनाहरुलाई स्वागत गर्ने र भीआइपी कक्षभित्रै पत्रकार सम्मेलन गराउने होडबाजी विराटनगर विमानस्थलमा चल्ने गरेको छ । ‘नेताहरू आउँदा मान्छे धेरै जम्मा पार्ने पुरानो प्रचलन रहेकाले, हामीले रोक्न खोज्दाखोज्दै पनि सकिरहेका छैनौं,’ नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख सुरेशमान सिंह भन्छन्, ‘भीड बढे पनि एयरसाइडसम्म पुग्न चाहिँ नदिने गरेका छौं ।’

नेताको ओइरो

विराटनगर विमानस्थलबाट सबैभन्दा बढी ओहोरदोहोर गर्नेहरूमा ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दलका नेताहरू हुने गर्छन् । एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नयाँ शक्तिका डा। बाबुराम भट्टराई, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, कांग्रेस केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजाल, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता डा। शेखर कोइराला, सुजाता कोइराला आउँदा विमानस्थलमा धेरै भीड हुने गरेको छ ।

दलका शीर्ष नेता र सत्ताधारी मन्त्रीहरु आउँदा स्वागत गर्न विमानस्थल जाने कार्यकर्ताहरुको भीड बढ्ने गरेको छ । सबैले भीआइपी कक्ष अगाडिको परिसरमा गएर आगन्तुक पाहुनालाई फुलमाला पहिर्‍याएर स्वागत गर्छन् । केही जिल्ला नेताहरुलाई भने सुरक्षाकर्मीहरुसँगै धावनमार्गमै पुग्ने छुट छ ।

‘स्वागत गर्नेहरुले विमानस्थलको सुरक्षालाई ध्यान दिन जरुरी रहेको भन्दै अति विशिष्ट कक्षमा प्रवेश गर्ने विमानस्थलको आफै नियम रहेकाले यसलाई कडाईका साथ कार्यान्वयन गराउन प्रहरी सधैं तत्पर रहेको मोरङका प्रहरी प्रमुख सन्दिप भण्डारीले बताए । उनले भने, ‘नेतालाई स्वागत गर्न जाने कार्यकर्ताको लर्को सकेसम्म कम गर्ने गरेका छौं । नियम सबैमा लागू हुन्छ । यसबारे सम्वन्धित दलका प्रमुखहरुसँग समन्वय गरी अगाडि बढ्ने गरेका छौं ।’

सबैजसोले आफ्ना नेताहरुलाई विमानस्थलदेखि नै जयजयकार गरेर सवारीको ताँती लगाउँदै गन्तव्यस्थलतिर लैजाने गरेका छन् । ‘नेताहरू आउँदा कसले धेरै कार्यकर्ता जम्मा गराउने भन्ने होडबाजी नै चल्ने गर्छ,’ विमानस्थलका एक सुरक्षाकर्मीले भने ।

नेपाली कांग्रेसका नगर सभापति भीम पराजुलीले गाउँ(गाउँबाट आएका कार्यकर्ताले नेतासँग भेट्ने चहानाले गर्दा कतिपय अवस्थामा यस्तो हुन पुगेको बताए । यसलाई राजनीतिक दलले विमानस्थल सुरक्षालाई चुनौति दिएको भनेर भन्न नमिल्ने उनले दाबी गरे ।

उनले भने, ‘यो कार्यकर्ताको चहानाले सृजित समस्या हो । विमानस्थलको सुरक्षाको विषयमा हामी पनि संवेदनशील छौं ।’

‘विमानस्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले जाँच गर्ने प्रक्रिया छ तर नेतासँगको कार्यकर्ताको पहुँच पुग्ने कार्यलाई असहजताको रुपमा लिन आवश्यक म देख्दिनँ,’ उनले भने ।

पूर्वकै व्यस्त विमानस्थल

विराटनगर विमानस्थल पूर्वक्षेत्रकै व्यस्त क्षेत्रीय विमानस्थल हो । यहाँबाट दैनिक दुई दर्जन विमानहरुले उडान भर्छन् । १२ सयको हाराहारीमा यात्रुहरु ओहोर(दोहोर गर्छन् । विराटनगरवाट आन्तरिक उडानहरु पूर्वी पहाडी जिल्लासहित राजधानी काठमाडौंसमेत हुने गरेको छ । वुद्ध, सौर्य, यती, नेपाल एयरलाइन्स लगायतका विमानहरुले उडान भर्दै आएका छन् ।

रातको समयमा पनि उडान हुने विराटनगर विमानस्थलमा हवाई इन्धनको डिपोसमेत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने