भालुबाङको भाग्य चम्कियो

काठमाडौं,असोज २२,वर्षैंदेखि पुर्जा विहीन भालुबाङले कहिले पनि प्रदेशको स्थायी राजधानीको परिकल्पना गरेको थियो। पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा मजदुरहरूले त्रिपाल टाँगेर बस्ती विकास भएको ‘अस्थायी भालुबाङ’ को चिन्तन एउटा मात्रै थियो ‘स्थायी लालपुर्जा’। लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो। तर, त्यहीँ ‘अभागी’ अस्थायी भालुबाङ मंगलबार भाग्यमानी सावित भयो।

प्रादेशिक राजधानीको प्रमुख हिस्सेदार (केन्द्र) बनेको भालुबाङले पाएको यो अमूल्य हिस्सा उसकै लागि ‘अकल्पनीय’ बन्यो। ‘बस्तीको लालपुर्जासम्म पाउन नसकेको भालुबाङले प्रादेशिक राजधानी पाउला भन्ने त कल्पनाभन्दा बाहिरको कुरा थियो,’ स्थानीय ताराबहादुर डाँगी भने, ‘यो अनुपम उपहार भालुबाङका लागि अकल्पनीय नै हो।’

पहिलो प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनको समयमा जिल्लाका अन्य भेगमा जस्तै भालुबाङमा ‘दाङ राजधानी’ को नारा प्रमुख चुनावी अजेण्डाका रूपमा घन्कीयो। आँफूलाई भेगीय रूपमा उपेक्षित महशुस गर्दै आएको भालुबाङले त्यो बेलाको नारामा उल्लेख भएको ‘राजधानी’लाई आँफूसँग प्रत्यक्ष रूपमा जोडेर हेर्न सकेन। ‘दाङ उपत्यका दक्षिण एशियाकै ठूलो उपत्यका रहेकाले राधजानी भइहाले पनि त्यहीँ उपत्यकामा बस्छ भन्नेमा हामीहरु ढुक्क थियौँ।’ ताराले भने, ‘निर्वाचन पश्चात् दाङ राजधानीका पक्षमा भालुबाङमा पनि आगो बल्यो। दाङको घोराही, तुलसीपुरको आन्दोलन जस्तै भालुबाङले पनि पूर्वी सीमा क्षेत्रमा ठूलो शक्ति देखायो। तर साविक लुम्बीनी अञ्चलको सीमा क्षेत्रमा शक्ति प्रदर्र्शन गरेको भालुबाङलाई त्यो बेला पनि राजधानी केन्द्रको अपेक्षा थिएन।’ यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने